काठमाडौँ : नेपाली कांग्रेसले काठमाडौँमा गर्न लागेको प्रदर्शनका लागि १५ जना कमान्डर तोकेको छ। जेठ १३ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनको तयारीका लागि १४ जना कमाण्डर तोकेको हो ।दर्शनका क्रममा उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेको जनाएको छ।
कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जनालाई जिम्मेवारी तोकिएको बताइएको छ। काठमाडौँमा केन्द्रीय सदस्यहरू अब्दुल सतार, सीता थपलिया, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा. डिला सङ्ग्रौला र सरिता प्रसाईंलाई खटाइएको छ ।
ललितपुरमा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू देवेन्द्रराज कँडेल र अर्जुन जोशीलाई खटाइएको छ । कांग्रेसले भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामालाई खटाएको छ । बानियाँ बागमती प्रदेश सभापति हुन् ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा