काठमाडौँ : बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजादै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटपमा दुर्घटना भएको हो। जिपमा सवार १२ जना घाइते भएका छन्।
उनीहरूमा नौँ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार अन्य सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
एनपीएल: आज दुई खेल हुँदै