बाजुरामा मृत भेटिएकी धौलीको, बलात्कारपछि विभत्स हत्या गरेको आशंका



काठमाडौं : बाजुरामा एक जना महिलाको विभत्स तरिकाले हत्या भएको छ । बडिमालिका नगरपालिका ६ कोर्ध स्थायी घर भएकी ४५ वर्षिय धौली बडुवाल सोमबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

मृत भेटिएकी बडवालको विभत्स तरिकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । अहिले नै मृत्युको कारण यो नै हो भनेर भन्न सकिने अवस्था नरहेको बताउदै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी दिलिप कुमार गिरीले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको बताएका छन् ।

उनले भने , “घाँती माथि निकै गहिरो चोट लागेको देखिन्छ, शरिरका अन्य भागमा पनि चोट लागेको छ, शवको पोष्टमातम अहिले भइरहेको छ, पोष्टमातम रिपोर्टपछि नै थप कुरा थाहा होला,पोष्टमार्टम पछि भेजनल स्वाव निकालेर ल्यावका लागि बुधबार बिहान नै काठमाडौ पठाउने तयारी गरेका छौँ” अहिले पनि अनुसन्धानका लागी प्रहको टोली घटनास्थलमै रहेको उनको भनाई छ । आफन्तहरुले बलात्कार पछि हत्या भनिरहेका छन् तर अहिले नै बलात्कार पछि हत्या हो, वा अन्य कुनै कारण हो त्यसको अनुसन्धान भइरहेको छ” डिएसपी गिरीले थपे, ।

घर ढोका र उनि सुताइएको नजिकै रहेको अदानीमा समेत रगत लागेको प्रहरीले जनाएको छ । भेजनल स्वावको परिक्षण पछि बल्तकार पछि हत्या भए नभएको जानकारी हुने प्रहरीको भनाई छ।बिभतस हत्या गरी मृत अवस्थामा भेटिएकी बडवालको बलात्कार पछि कुटपिटबाट हत्या गरेको स्थानीयले दाबी गरेका छन् । तर प्रहरीले भने आशंका मात्रै रहेको बताएको छ। प्रहरीले अनसन्धान भने जारी राखेको छ। मृत बडुवाल कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेखमा गाइबस्तु सँगै गोठ छानामा बस्दै आएकि थिईन् ।

उनि सँग रहेको नगद पैसा र शरिरमा लगाएका गहना भने उनकै शरिरमा रहेका थिए । उनलाइ लुटपाट गर्ने उद्देश्यले हत्या नभएको अरु नै कारण भएको प्रहरीको भनाई छ । बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले पनि आशंका छ ।अनुसन्धानका क्रममा मृत्यु हुनु पुर्व अन्तिममा देखेका र मृत अवस्थामा सुरुमा देख्ने गरी  तिन जनलाइ प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । धौलीको टाउको पछाडी र अनुहारमा गम्भिर चोट रहेको छ । घुडा माथि छातिमा निल र डाम रहेको प्रहरीले जनाएको छ ।

आफन्तका अनुसार धौलीका श्रीमान नन्द बडुवालको २४ बर्ष पहिला नै मृत्यु भइसकेको छ । उनि सधै अशक्त छोरी सँग बस्ने गरेकि थिईन् । छोरी दुइदिन अघि महिनावारी भएपछि बुढाकोर्ध बाट कोर्ध गाउँ झरेकी थिईन् । धौली एक्लै बस्दै आएकी थिईन् । सोमबार बिहान ७ बजे सम्म उनि कतै नदेखिएपछि नजिकै छानोमा बस्दै आएकी जमुना बडुवाल धौली बस्ने ठाउँ पुगेकी थिईन् ।

छानाको ढोका लगाइएको थियो, भित्र खोलेर हेर्दा सुताइएको थियो । पुरै अनुहार भरी चोट र शरिर भरि रगत रहेको थियो । ओछ्यानमा सुताएझै सुताएर उनको शव राखिएको जमुनाले बताईन् । धौलीका छोरा नृप बडुवालले भने लुटपाट उद्देश्यले हत्या नभएको बताए । आमाको शरिरमा लगाएका गहना र उनि सँग भएको पैसा साथमै छन्, “आमाको बलात्कार पछि हत्या नै भएको  हो, हत्या गुर्नपर्ने अरु के कारण थियो, बलात्कार भयो त्यसपछि अरुलाइ भन्ने डरले हत्या गरेको छोरा हो”  आफन्तले पोष्टमार्टम भएपनि हत्यारा पत्ता नलाग्दा सम्म शव नउठाउने बताएका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.