काठमाडौं : स्वामिकार्तिक खापर गाउँपालिकाको दुर्गम गाउँ मुक्तिकोटमा चामल वितरण सुर
बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकाको अथक प्रयास पछि बाजुराको अति नै दुर्गम गाउँ मुक्तिकोटमा खाद्यान्न बिक्री वितरण सुरु गरिएको छ । गाउँपालिकाको वडा न . १ मुक्तिकोटका स्थानीयलाई खाद्यान्न बिक्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिएका छन् ।
नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले मुक्तिकोट बिक्री केन्द्रमा ५ सय क्विन्टल चामल आपूर्ति गरेर (
सोमवार) हिजोबाट बिक्री वितरण सुरु गरिएको अध्यक्ष रोकायाको भनाई छ ।
अध्यक्ष रोकायाका अनुसार मुक्तिकोटबाट पायक पर्ने वडा नंः १ र २ का स्थानीयका लागि प्रति केजी ६६ रुपैयाँका दरले मोटा चामल बिक्री वितरण सुरु गरिएको बताइएको छ । मुक्तिकोटमा पहिलो चरणमा गत फागुनमा ५ सय क्विन्टल चामल आएकाे थियाे भने यस वर्षको काेटामा अहिले् पनि ५सय क्विन्टल चामल आपूर्ति गरेर बिक्री वितरण गर्न थालिएको अध्यक्ष रोकायाले बताएका छन् । खाद्यान्न बिक्री केन्द्र तोकिएको मुक्तिकोटबाहेक अन्य ठाउँबाट बिक्री गरिएको पाइएमा कारवाही गरिने छ ।
आफू निर्वाचित भएर आइसकेपछि पटकपटक मन्त्रालय धाएपछि लामो अथक प्रयास पछि मुक्तिकोटमा बिक्री केन्द्र स्थापना गर्न सफल भएको अध्यक्ष रोकायाले बताएका छन् ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट पालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि ०७९ काे मङ्सिरमा मात्रै मुक्तिकोटमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको थियो । अध्यक्ष रोकायाले बिक्री केन्द्र मात्रै स्थापना गरेका छैनन् स्थानीयका लागि चामलको आपूर्ति गर्न पनि निरन्तर पहल गरिरहेका छन् । गाउँपालिकाको पहलमा नजिकैबाट चामल उपभोग गर्न पाएपछि स्थानीय खुसी समेत भएका छन् ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन