मिन बहादुर खड्का / काठमाडौं : बाजुरामा एक महिला मृत फेला परेकी छन् । सोमबार बिहान बडीमालिका नगरपालिका ६ कोर्ध स्थायी घर भएकी अन्दाजी ४५ वर्षीय धौली बडुवाल गाउँकै बुढाकोर्ध लेखमा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले दिएको जानकारी अनुसार प्रहरीको टोली घटना स्थल पुगेको छ । बिहानै जिल्ला प्रहरी कार्यालय बाट हिडेको प्रहरीको टोली टाढा भएकाले धेरै समय लागेको उनले बताएका छन् । आफन्तले हत्या गरेको दाबी गरेपनि घटना संकस्पद छ भन्ने जानकारी घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले दिएको डिएसपी गिरीको भनाई छ । मृतक बडुवालका १ छोरा र एक छोरी छन् । तर मृतक बडुवाल भने घर देखी माथि बुढाकोर्ध लेखमा एक्लै बस्दै आएको बुझिएको प्रहरी प्रमुख गिरीले बताएका छन् ।
उनले भने, “भरखरै टोली पुगेको छ, निकै टाढा रहेछ, मृत फेला परेको महिला लेखेमा एक्लै बस्ने रहेछन् , उनकी एउटी छोरी भएपनि उनी घरमै बसेको भन्ने जानकारी घटना स्थलतर्फ खटिएको टोलीले जानकारी दिएको छ, अहिले नै यो नै हो भनेर भन्न सकिन्न, अनुसन्धान पछि मात्रै थाहा होला”घटनास्थलको मुचुल्का उठाउने काम अहिले भैरहेको पनि जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलिप कुमार गिरीको भनाई छ । मृतकको शव पोष्ट मातमका लागि जल्ला अस्पताल बाजुरा लिने तयारी भैरहेको पनि प्रहरीको भनाई छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृतक महिलाका आफन्तका अनुसार उनी लेखमा बस्दै आएकी थिइन् । उनको साथमा एक छोरी पनि बस्दै आएकी थिइन् तर छोरीको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । बिहान छिमेकी घटना बारे जानकारी पाएको आफन्त खडक बडुवालको भनाई छ । बिहान करिब ७ बजेसम्म गाउँ बाट घाँस काट्न लेख जाने महिलाहरु पुगेर बोलाउन खोज्दा धोका बन्द भएपछि खोलेर हेर्दा बिभत्स हत्या गरिएको अवस्थामा मृत भेटिएको बडुवालले बताए । लेखमा एक्लै बस्ने गरेको मौका छोपेर बिभत्स हत्या गरेको उनको भनाई छ ।
शरिरका विभिन्न भागमा गहिरो चोट लागेकाले जसले गरेपनि हत्या नै गरेको उनको भनाई छ । अहिलेसम्म सम्म कुनै व्यक्ति माथि आफुहरुको आशंका नरहेको पनि उनले बताएका छन् । उनले भने ” मुखमा टाउकोमा, लगायत अन्य धेरै ठाउँमा चोट लागेको छ, कसले कुटपिट गरेरै हत्या गरेका हुन्, तर कसले गर्यो त्यो भने हामी कसैलाई जानकारी छैन” मृतकका श्रीमानको धेरै पहिला नै मृत्यु भैसकेको छ । तर यता जिल्ला प्रहरी कार्यालयले भने प्रहरीको टोली घटना स्थल पुगेर अनुसन्धान गरिरहेकोले अहिले नै मृत्यु के कारणले भएको भनेर एकिन अहिले नै भन्न नसकिने जनाएको छ ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा