बाजुरा : खप्तड छेडेदह गाउँपालिका (६ सुदाडामा रहेको जाल्पादेवि माध्यामिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष रमेश विष्टले बिामीहरुलाई फलफुल वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
आफ्नो जन्मदिनको अबसरमा बिष्टले विरामीलाई फलफूल वितरण गरेका हुन् । उनले जन्मदिनको अबसरमा जिल्ला अस्पताल बाजुराका विरामीहरुलाई फलफूल वितरण गरेको बताएका छन् ।जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विरामीहरुलाई थोरै भएपनि फलफूल वितरण गर्ने उदेष्यले अस्पतालमै पुगी,विरामीलाई फलफूल र स्वास्थ्य लाभका कामना गरेका छन् ।
बिष्टले आफ्नो जन्मदिनको अवसरमा प्रत्येक बर्ष सामाजिक कार्यमा लगानी गर्दै प्रत्येक बर्ष उत्सव मनाउदै आएका छन् ।अस्पतालमा उपचारत रहेका बिरामीले फलफुल बितरण गरिएको प्रति धन्यवाद तथा जन्मदिनको शुभकाना समेत दिएका छन् । उनले जन्मदिनको अबसरमा जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका १५ जना भन्दा बढि मिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।



सम्वन्धित समाचार
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन