बाजुरा : खप्तड छेडेदह गाउँपालिका (६ सुदाडामा रहेको जाल्पादेवि माध्यामिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष रमेश विष्टले बिामीहरुलाई फलफुल वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
आफ्नो जन्मदिनको अबसरमा बिष्टले विरामीलाई फलफूल वितरण गरेका हुन् । उनले जन्मदिनको अबसरमा जिल्ला अस्पताल बाजुराका विरामीहरुलाई फलफूल वितरण गरेको बताएका छन् ।जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विरामीहरुलाई थोरै भएपनि फलफूल वितरण गर्ने उदेष्यले अस्पतालमै पुगी,विरामीलाई फलफूल र स्वास्थ्य लाभका कामना गरेका छन् ।
बिष्टले आफ्नो जन्मदिनको अवसरमा प्रत्येक बर्ष सामाजिक कार्यमा लगानी गर्दै प्रत्येक बर्ष उत्सव मनाउदै आएका छन् ।अस्पतालमा उपचारत रहेका बिरामीले फलफुल बितरण गरिएको प्रति धन्यवाद तथा जन्मदिनको शुभकाना समेत दिएका छन् । उनले जन्मदिनको अबसरमा जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका १५ जना भन्दा बढि मिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै