बाजुरा : स्थानिय खाद्य अधिकार संजाल बाजुराले तिनबुँदे ज्ञापनपत्र बुझाएको छ । सुक्रबार स्थानिय खाद्य अधिकार संजाल बाजुराले तिनवटा माग पत्रमा जारी गर्दै प्रमुख जिल्ला अधिकारी भिकान्त पौडललाई ज्ञापन पत्र बुझाउको हो ।
जिल्लाको स्वामिकार्तिक गाउँपालिका २ छुद्दरीका ५७ घरपरिवार बाढि पहिरोको विकराल अबस्थामा रहेको ध्यानाकर्षण गराउदै तिनबुँदे ज्ञापन पत्र बुझाएको स्थानिय खाद्य अधिकार संजाल बाजुराले जनाएको छ। निय खाद्य अधिकार संजाल बाजुराका अध्यक्ष महेश कार्कीले दिएको जानकारी अनुसार कर्णलीको किनारमा रहेको यो बस्तीमा केही बर्ष अघी माथीबाट रुढीको पहिरो खसेर आदी जती खेतीयोग्य जमिन बगाएर लगिसकेको बताइएको छ। खेतीयोग्य जमिन पहिरोले नष्ट पारेपछी अहिले त्यहाँका ५७ घरपरिवारको जनजिवन कठिन बनेको कार्कीले बताएका छन्।
छुद्दरी गाउँको विकराल अबस्थालाई मध्यनजर गरि सो बस्ती अन्त सार्नुपर्ने देखिएकाले सो बस्ती अन्त सार्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले आबश्यक समन्वय गरि त्यहाँका नागरिकहरुलाई राज्यको प्रत्याभुती गराउन अबस्यक पहल गर्न अनुरोध गर्दर्छौ,ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै बर्खायाममा आउन सक्ने विपतलाईं मध्यनजर गरि त्यहाँका नागरिकहरुलाई आपतकालिन अबस्थाबाट जोगाउनका लागी त्रिपाल र टेन्टको व्यबस्थाका लागी आबश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालय बाजुरालाई ध्यानाकर्षण गरिएको छ ।सोही गाउँमा पिउने पानीको अभाव भएकाले खानेपानीको व्यवस्थाका लागी आबश्यक पहल गर्न समेत ज्ञापन पत्रमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा सुक्रबार ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाउन जिल्ला खाद्य अधिकार संजाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय , स्थानिय खाद्य अधिकार संजाल बाजुराका अध्यक्ष महेश कार्की,फियान नेपालका केन्द्रिय सदस्य प्रकाश सिंह , नेपाल पत्रकारमहासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदम सिंह,प्रेस चौचारी नेपाल बाजुराका अध्यक्ष मदन विक , प्रेस युनियन बाजुराका सचिव रामबहादुर विक,फियान नेपाल बाजुरा संयोजक सबिता थापा लगायतको सहभागितामा ज्ञापन पत्र बुझाईएको हो ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?