काठमाडौँ : सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दलको मागमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित भएको छ ।२ बजेका लागि तोकिएको बैठकपछि सूचनामार्फत आइतबार बिहानसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
सहमतिको प्रयास स्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले कांग्रेस नेताहरूलाई शुक्रबार साँझ छलफलका लागि बोलाएका छन् ।
सरकारका तर्फबाट सहमतिको प्रयास जारी रहेको भन्दै सूचनामार्फत बैठक स्थगित गरिएको हो ।सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा बैठक लगातार अवरुद्ध गर्दै आइरहेको छ । यसैक्रममा बिहीबार संसदमा सत्ता र प्रतिपक्षबीच हात हालाहालको स्थिति आएको थियो ।संसद् बैठक सुचारु हुन नसक्दा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदमा पेश गरेको सरकारका नीति तथा कार्यक्रममाथि छलफल शुरू हुन सकेको छैन ।
सहमति खोज्न प्रचण्डले कांग्रेसलाई बोलाए, साँझ ६ बजे बैठक बस्दै:
सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन, संसद्को अवरोधसहितका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूलाई बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे बस्ने गरी कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि संसद्को गतिरोधको विषयमा छलफल गर्न प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दललाई बोलाएको जानकारी दियो ।
कांग्रेसलाई छलफलका लागि बोलाउनुपूर्व प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए । यता कांग्रेसले भने संसदीय दल र विपक्षी ५ दलको बैठकले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नैपर्ने माग अगाडि सारेको छ । बिहीवार कांग्रेसको विरोधका बावजुद सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिएपछि प्रमुख प्रतिपक्षी र सत्ता पक्षबीच घम्साघम्सी भएको थियो । स्थिति मुठभेडतिर गएपछि सभामुख केहीबेरमै गृहमन्त्रीलाई आसन ग्रहण गर्न आग्रह गरेर साम्य बनाउन खोजेका थिए । तर कांग्रेसले सभामुख एमालेको इशारामा चलेको आरोप लगाएको छ ।
सभामुख तटस्थ बस्न नसकेको भन्दै ध्यानाकर्षण गराएको छ । बिहीबार सहकारी प्रकरणरबारे अनुसन्धान गर्न छानबिन समिति बनाउने प्रधानमन्त्रीको आश्वासनपछि कांग्रेसले गृहमन्त्रीलाई संसद्मा बोल्न दिने बताएको थियो । तर त्यस्तो छानबिन समितिमा लामिछानेको नाम कसरी उल्लेख गर्ने भन्नेमा कुरा नमिलेपछि बैठक चल्न सकेको थिएन । त्यसपछि प्रधानमन्त्री र सभामुखले शुक्रबार बिहानैदेखि दलहरूबीच संवादको प्रयास गरेका छन् । दलहरूकै आग्रहमा ११ बसेको संसद् बैठक दिउँसो २ बजेलाई सारिएको छ । तर २ बजेको बैठक पनि अन्योलमा छ ।
गृहमन्त्रीको राजीनामा माग्दै संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, केही पक्राउ:
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन ९नेविसंघ० ले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको छ।सहकारी ठगीमा लामिछानेको संलग्नता हुँदा हुँदै पनि उनी गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसिराख्न नमिल्ने भन्दै नेविसंघले राजीनामा माग गरेको हो ।
प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।पोखराको सूर्यदशर्न सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप गृहमन्त्री लामिछाने माथि छ ।कांग्रेसले अहिले लामिछाने संलग्न सहकारी ठगीको छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने बटमलाइन बनाएको छ । तर सत्तापक्ष भने रविको नामै तोकेर समिति नबनाउने बताउँदै आएको छ ।नेविसंघले कानून कार्यान्वयन गर्ने उच्च पदमा गृहमन्त्री लामिछाने आफैं पदीय जिम्मेवारीमा रहँदा मुद्दाको अनुसन्धान फितलो भएको र आगामी दिनमा समेत अनुसन्धान फितलो हुने भन्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न भनेको छ ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा