काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । संसद सुरचारुका लागि सहमति खोज्न प्रचण्डले साँझ ६ बजे बोलाएको निकट स्रोतले बतायो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखिरहेको कांग्रेसले आज विपक्षी अन्य दलसँग संयुक्त छलफल गरेको थियो । विपक्षी मोर्चाको उक्त बैठकले संसदीय छानबिन समिति नै चाहिने निष्कर्ष निकालेको छ।
राप्रपाले भने गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेको थियो । तर, त्यसमा केही निचोड निस्केन ।
विपक्षी दलहरू छलफलमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो । ११ बजेलाई बोलाइएको संसद बैठक विपक्षीको आग्रहपछि २ बजेसम्मलाई स्थगित गरिएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप