धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । बिहिबार बिहान सवा १० बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा सोडारीले विश्वासको मत लिने भएका हुन् ।
६ वैशाखमा एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।
२१ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले तत्काल मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री सोडारी रोकिएका थिए ।
अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकार बाहिर बस्ने निर्णय गरिसकेको छ । नेकपा माओवादी केन्द्रले विश्वासको मतबारे निर्णय लिन प्रदेश संसदीय दलको बैठक बोलाएको छ भने नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ ।
रञ्जिता पक्षका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाले भने मत दिनेछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ ।



सम्वन्धित समाचार
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा