काठमाडौँ : सत्तारूढ नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अब सदनमा कांग्रेसलाई बोल्न नदिने बताएका छन् ।
नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दल बैठकमा ओलीले यस्ता बताएका हुन् । यो संगै ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन्।लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको भनाइ छ। भने, ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने रु अर्को दिनबाट हामी पनि बोल्ने हो। कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने रु
‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने रु बकवास बोलिरहने, अर्काले प्रतिवाद गर्न नपाउने रु यस्तो पनि डेमोक्रेसी हुन्छरु ओलीको प्रश्न थियो।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरिरहेको छ।
कांग्रेसले अबदेखि सदनमा गिरीबन्धु टी९इस्टेटबारे पनि आवाज उठाउने बताएको थियो। कांग्रेसले संसदमा आफ्नो अर्का एजेण्डाका रुपमा गिरीबन्धु टी९इस्टेटबारे पनि आवाज उठाउने बताएपनि ओली कांग्रेस संग रिसाएका छन् । कांग्रेस प्रति लक्षित अभिव्यक्ति दिदै ओलीले कांग्रेसलाई संसदमा बोल्न समेत नदिने सम्मको धम्कि दिएका छन् ।
रबी लामिछाने र कांग्रेस बिचको विवादले एकातिर उग्र रुप लिइरहेका बेला ओलीको यस्तो अभिव्यक्तिले कांग्रेस प्रति एमाले र एमाले प्रति कांग्रेस थप आक्र्रामक बन्ने संकेत देखा परेको छ । कांग्रेसको निशाना ओलीतिर पनि सोझिएपछि ओली रिसाएको हुन सक्ने अनुमान छ । ओली गिरीबन्धु टी९इस्टेटको प्रमुख पात्र भएकै कारण उनि कांग्रेस प्रति रिसाउने भने कुनै नौलो करा हाइन बरु ओली आफ्नो लाज ढाक्न सक्रिय भएका हुन् भनेर पनि प्रष्ट बुझ्न सकिन्छ ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य