कांग्रेस संग रिसाए ओली, अब सदनमा कांग्रेसलाई बोल्न नदिने



काठमाडौँ : सत्तारूढ नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अब सदनमा कांग्रेसलाई बोल्न नदिने बताएका छन् ।

नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दल बैठकमा ओलीले यस्ता बताएका हुन् । यो संगै ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन्।लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको भनाइ छ। भने, ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने रु अर्को दिनबाट हामी पनि बोल्ने हो। कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने रु

‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने रु बकवास बोलिरहने, अर्काले प्रतिवाद गर्न नपाउने रु यस्तो पनि डेमोक्रेसी हुन्छरु ओलीको प्रश्न थियो।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरिरहेको छ।

कांग्रेसले अबदेखि सदनमा गिरीबन्धु टी९इस्टेटबारे पनि आवाज उठाउने बताएको थियो। कांग्रेसले संसदमा आफ्नो अर्का एजेण्डाका रुपमा गिरीबन्धु टी९इस्टेटबारे पनि आवाज उठाउने बताएपनि ओली कांग्रेस संग रिसाएका छन् । कांग्रेस प्रति लक्षित अभिव्यक्ति दिदै ओलीले कांग्रेसलाई संसदमा बोल्न समेत नदिने सम्मको धम्कि दिएका छन् ।

रबी लामिछाने र कांग्रेस बिचको विवादले एकातिर उग्र रुप लिइरहेका बेला ओलीको यस्तो अभिव्यक्तिले कांग्रेस प्रति एमाले र एमाले प्रति कांग्रेस थप आक्र्रामक बन्ने संकेत देखा परेको छ । कांग्रेसको निशाना ओलीतिर पनि सोझिएपछि ओली रिसाएको हुन सक्ने अनुमान छ । ओली गिरीबन्धु टी९इस्टेटको प्रमुख पात्र भएकै कारण उनि कांग्रेस प्रति रिसाउने भने कुनै नौलो करा हाइन बरु ओली आफ्नो लाज ढाक्न सक्रिय भएका हुन् भनेर पनि प्रष्ट बुझ्न सकिन्छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.