काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
छलफलका लागि सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
उक्त विषयलाई गम्भीर रुपमा लिएकाले सभामुख घिमिरेले आज यस विषयमा प्रधानमन्त्रीसँग बिहान साढे ८ बजे छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।
उनले कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षष गराएको थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको सदन हिजो राष्ट्रपतिले नीति तथा कार्याक्रम सार्वजनिक गर्न दिएका थिए । त्यसलगतै विरोध जनाएका थिए । सोही कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित हुन सकेन ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै