काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
छलफलका लागि सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
उक्त विषयलाई गम्भीर रुपमा लिएकाले सभामुख घिमिरेले आज यस विषयमा प्रधानमन्त्रीसँग बिहान साढे ८ बजे छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।
उनले कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षष गराएको थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको सदन हिजो राष्ट्रपतिले नीति तथा कार्याक्रम सार्वजनिक गर्न दिएका थिए । त्यसलगतै विरोध जनाएका थिए । सोही कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित हुन सकेन ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो