मिन बहादुर खड्का काठमाडौं : भारतको मुम्बइबाट ८० हजार नगद सहित एक महिला फरा भएकी छन् ।
बाजुराको जगन्नाथ गाँउपालिका वडा न. ५ बाडुल्ला स्थायी घर भएकी हार्बिना बम बुढा विगत दुई वर्ष यता भारतको मुम्र्बमा बस्दै आएकी थिइन् । उनी श्रिमान पदम बुढाको साथमा बस्दै आएकी थिइन् । उनि पदम बुढाकी दोश्रो श्रिमती हुन् । बुढा दम्पती रोजगारीको सिलसिलामा भारतको मुम्बई बस्दै आएका थिए । हाल फरार रहेकी पदम बुढकी श्रिमतीको माइती घर कालिकोटको रासकोट नगरपालिका वडा न. १ रहेको बुझिएको छ।
यतिबेला श्रिमतीले भएरभरको सब्र पैसा लिएर फरार भएपछि श्रिमानको बिचल्ली भएको छ। उनि श्रिमतीको खोजिका लागि हार गुहार गरिहेका छन् । उनि अहिले आफै मिडीयामा आएर श्रिमतीको खोजि गर्दिन अनुरोध गरिहेका छन् । उनि सन २०२४ मे १० तारिखको दिन रुमबाट निस्किएकी थिइन् । त्यस दिन यता उनि सम्पर्क बिहिन रहेको आफन्तले जानकारी दिएका छन् । सबै ठाँउ खोजि गर्दा कतै पनि नभेटिएको श्रिमान पदम बुढाले बताएका छन् ।
आफ्नो श्रिमती संग त्यस्तो कुनै विवाद नभई उनि आफै रुमबाट निस्केर नगद पसा सहित लिएको उनको भनाई छ । उनिहरुले बिवाह गरेको दुई वर्ष भएको थियो । बिवाह गरेपछिको दुई वर्ष सम्म राम्रै सम्बन्ध रहेको उनका श्रिमान बताउन्छन् । उनले हार्बिना संग दोश्रो बिवाह गरेका थिए । उनको साथमा छोरी समेत थिइने । छोरीलाई छोडेर फरार भएपछि अहिले श्रिमानले हारगुहार गरिहेका छन् ।
उनले अर्को बिवाह गरेकी हुने वा उनि बेपत्ता भएकी हुने भन्ने कुराभने खुलेको छैन । यदि उनि बिवाह गरेर नै गएकी हुन् भनेपनि पुरानो पाइली घर नै गएको हुन सक्ने अनुमान श्रिमान पदम बुढाको छ । तर आफु संग हुँदा अर्को संग फोन म्यासेज, केही गर्ने गरेको कुरा आफुलाई जानकारी नभएको श्रिमान पदम बढाले बताएका छन् । श्रिमान पदम बुढाको घरमा अर्को श्रिमती पनि छन्। उनकी पुरानो श्रीमती हाल काठमाडौंमा बस्दै आएकी छन् ।
हाल फरार रहेकी हार्बिना बम उनकी कान्छी श्रिमती हुन् । फरार रहेकी हार्बिना आफ्ना लत्ताकपडा, नागरिकता, र पासपोर्ट सहित नगद भारु ५० हजार लिएर सम्पर्कमा नआएको आज पाँच दिन बितिसकेको छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?