काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटे पछि कांग्रेस सदन खुलाउन सकारात्मक भएको छ। नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि मात्र निस्कर्षमा पुग्ने बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री दाहालसँगकाे भेटमा प्रधानमन्त्रीले आज संघीय संसदकाे दुबै सदनमा राष्ट्रपति रामचन्द्र पाैडेलले सम्बाेधन गर्ने भएकाले संसद अवराेध नगरिदिन अनुराेध गरेका थिए । प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानकाे लागि पहल गरिरहेकाे आश्वासन दिएपछि कांग्रेस अवरुद्ध सदन खुलाउन सकारात्मक भएकाे प्रमुख सचेतक रमेश लेखकले बताए ।
प्रधानमन्त्रीसँग छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेकाे अनुराेधकाे विषयमा संसदीय दलकाे बैठक बसेर निस्कर्षमा पुग्ने उनले बताए ।



सम्वन्धित समाचार
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा