दुई धारमा एमाले बाजुरा, अध्यक्षमा तीन जना आकांक्षी



मिन बहादुर खड्का /काठमाडौं : नेकपा एमाले जिल्ला कमिटी बाजुराको आठौं जिल्ला अधिवेशन भोलि (मंगलबार ) जेठ १ गतेबाट सुरु हुँदै छ ।

जिल्ला अधिबेशनको मुखैम एमाले बाजुराका शीर्ष नेताहरु दुई खेमामा देखिएका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर थापा र नेकपा एमाले पुर्व उद्योग मन्त्री स्थायी कमिटी सदस्य समेत रहेका नेता कर्ण बहादुर थापाको छुट्टाछुट्टै प्यानलमा उभिने चर्चा भैरहेको छ । भोलीबाट सुरु हुने अधिबेशनमा छुट्टाछुट्टै प्यानलबाट उम्मेदवार मैदानमा उत्रीने संकेत देखिएको छ ।

अन्य दललाई गुटउपगुटको राजनीति गर्ने पार्टी भन्दै आलोचना गर्ने एमाले बाजुराका नेता कार्यकर्ताहरु यतिबेला अधिबेशनको मुखैना दुई खेमामा बिभाजन भएका छन् । एमाले बाजुराका शीर्ष नेताहरु थापा द्वयले आआफ्नो छुट्टाछुट्टै उम्मेदवार बोकेर हिडेको चर्चा भैरहेको छ । स्थायी कमिटी सदस्य कर्ण थापाले हालका कार्यवाहक अध्यक्ष भरत थापालाई बोकेर हिडेका छन् भने यता निवर्तमान संघीत सांसद लाल बहादुर थापाले नेता लालबहादुर थापालाई बोकेर हिडेका छन् ।

आठौँ जिल्ला अधिवेशनबाट जिल्लाको नेतृत्व गर्न अध्यक्ष पदका लागी ३ जनाको चर्चा भैरहेको छ । नेकपा एमाले बाजुराको अधिबेशन नजिकीए संगै अध्यक्षमा इच्छा जाहेर गर्ने ३ जना नेताहरु जिल्लाको नेतृत्व गर्नका लागि दौडधुपमा देखिएका छन् । नेकपा एमाले बर्तमान अध्यक्ष भरत थापा, एमाले बाजुराका नेताद्धय लाल बहादुर ओली र रंगमान शाही अध्यक्षमा आकांक्षी देखिएका छन् । अधिवेशन नजिकीए संगै बिभिन्न पदमा नेताहरुले दौडधुप बढाइरहेका छन् ।

अध्यक्षका उम्मेदवार तिनै जना अध्यक्षका लागी आ—आफ्नो प्रवल दाबी रहेको बताउदै आएका छन । आफ्नो नाममा सहमति गराउन अधिवेशन पुर्व नै भित्री रुपमा ३ जना नै जुटेका छन् । आफ्नो नाममा सहमति नभए अध्यक्षको लागी निर्वाचन लड्न तयार हुने ३ जनाको एकै भनाई छ । तीन जनाले दाबी गरे पनि सहमतिमै नेतृत्व चयन गरिने नेकपा एमालेका शिर्ष नेताहरुले बताएका छन ।

आआफ्नो छुट्टै उम्मेदवार बोकेर हिडेका थापा द्वय बाहिर सहमतिमा नेतृत्व चयन गर्ने बताउदै आएका भएपनि भित्री रुपमा आफ्ना उम्मेदवारलाई अध्यक्ष बनाउने दाउमा देखिन्छन् । सकेसम्म आफ्नो उम्मेदवारको पक्षमा सहमति गराउने नभए चुनाबी प्रतिस्पर्धाका माध्यमबाट भएपनि आफ्नो उम्मेदवारलाई जिल्लाको नेतृत्व सुम्पिने आन्तरिक तयारी लाल बहादुर थापा र कर्ण थापाको रहेको बुझिएको छ ।

यस अघिका अधिवेशनमा छुट्टाछुट्टै टिमबाट उम्मेदवारले दाबी गरेको भएपनि यसरी सहमति नभए बरु चुनाब नै लड्ने तयारीमा नेताहरु जुटेका छन् । नेताहरुले दावी गर्न पाइने तर नेतृत्वले भनेको सबैले स्विकार गर्नुपर्ने शीर्ष नेतृत्वले बताउदै आएका छन् । उसो त एमाले बाजुराको नयाँ नेतृत्व चयन सहमतिको नाममा शीर्ष नेताहरुको दबाबमामा आफु अनुकुलका व्यक्तिलाई नेतृत्व सम्पिने प्रवृत्ति हाबी हुँदै गएको एकथरी नेता कार्यकर्ताको आरोप छ ।

जुन आरोपलाई पुष्टि गर्न एमाले बाजुराको सातौं जिल्ला अधिवेशन फर्केर हेर्दा पनि पुग्छ । आन्तरिक रुपमा आआफ्नै उम्मेदवारलाई नेतृत्व सुम्पिने गरी अधिवेशनमा हुमिएका पार्टीका शीर्ष नेताहरु सहमतीमै अधिवेशन सम्पन्न गराउने बताउदै आएका छन् ।

अध्यक्षका लागि एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा प्यानलका भरत थापा र केन्द्रीय सदस्य लाल बहादुर थापा प्यानलबाट लाल बहादुर ओली अध्यक्षमा आकांक्षी छन् भने यता अर्का नेता रंगमान शाही भने पार्टीको साझा उम्मेदवार आफु रहेको बताइरहेका छन् ।

नेता शाही पनि आफु स्वतन्त्र तरिकाले अध्यक्षमा उम्मेदवारी दिने वा कुनै प्यानलमा समावेश भएर जाने भन्ने बिषयमा दोधारमा रहेको एक नेताको भनाई छ । अध्यक्षमा आकांक्षी भरत थापा र नेता लाल बहादुर ओली फरक फरक खेमाबाट चुनाव लड्ने निश्चित जस्तै भईसकेको छ । अध्यक्षका उम्मेदवार भरत थापा र नेता लाल बहादुर ओली पहिले देखी नै कर्ण थापा प्यानलै हुन् ।

तर यतिबेला भने नेता लाल बहादुर ओलीले टिम नै फेरेका छन् । अघिल्लो सातौं जिल्ला अधिवेशनमा पनि अध्यक्षको बलियो उम्मेदवार आफु नै रहेको बताउने ओलीलाई शीर्ष नेतृत्वले पाखा लगाउदै सहमतिका नाममा जबरजस्त दोश्रो पटक नेता कालि बहादुर शाहीलाई नै नेतृत्व सुम्पिए पछि जिल्लाको नेतृत्व गर्ने अवसर ओलीले गुमाएका थिए।

पटकपटक एमाले बाजुराको नेतृत्व गर्न मैदानमै प्रतिस्पर्धा गर्न उत्रीएका ओलीलाई पार्टीको शिर्ष नेतृत्वले पन्छ्याउदै आएको छ । आठौं जिल्ला अधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने माग ओली निकट नेता कार्यकर्ताको थियो । तर शीर्ष नेतृत्व तयार नभएपछि ओलीले टिमनै फेरेरे नेता लाल बहादुर ओलीको टिमबाट चुनाव लड्ने तयारीमा छन् ।

कर्ण थापाको प्यानलमा रहेका नेता ओली उनले भरत थापालाई नै जिल्लाको नेतृत्व सुम्पिने पक्का पक्की जस्तै भएको सुईको पाएपछि जिल्लामा बलियो मानिने लाल बहादुर थापाको टिममा समाबेश भएका हुन्। तर यसलाई पार्टी भित्रको अलग अलग टिम भन्ने कुरामा भने न त जिल्लाको शीर्ष नेतृत्व न त उम्मेदवार नै सहमत छन् । तर उनीहरुको आन्तरिक तयारी भने चुनाव लडेर भएपनि आफु जिल्लाको नेतृत्व समाल्ने छ ।

सोही अनुसारको दौडधुप नेताहरुले गरिरहेको एमाले बाजुराका एक नेताको भनाई छ । सहमतीमा नेतृत्व चयन गर्ने शिर्ष नेताहरुले बताएपनि चुनाब हुने निश्चित जस्तै भएको ती नेताको भनाई छ । उसो त सहमतिको नाममा शीर्ष नेतृत्वले आफु अनुकुलका व्यक्तिलाई नेतृत्व सुम्पिने गरेको प्रती युवा नेतृत्व सहमत छैन । नेतृत्व परिवर्तन, पार्टी संगठन प्रतिको योगदानका आधारमा आम कार्यकर्ताले रुचाएको व्यक्तिलाई प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन हुनुपर्ने माग युवा पुस्ताका कार्यकर्ताको छ ।

सहमतीका नाममा गरिने टिके पर्थाको अन्त्य हुनुपर्ने माग पनि पार्टी भित्र उठेकै बेला नेता लाल बहादुर ओलीले प्यानल फेरेरै भएपनि चुनाब लड्ने मनसाय बनाएको देखिन्छ । जिल्लाको शीर्ष नेतृत्वले भने जस्तो सहमतिमै अधिवेशन सम्पन्न भएको खण्डमा नेता ओलीले फेरीपनि जिल्लाको नेतृत्व गर्ने अवसर गुमाउने छन् । यद्यपि नेता लाल बहादुर ओलीको नाममा सहमति हुने सम्भावना भने न्यून छ । जुन अघिल्लो अधिवेशनले नै प्रमाणित गरिसकेको छ ।

नेताहरुले बने जस्तो सहमतीमा अधिवेशन सम्पन्न हुने सम्भावना निकै कम देखिएको बताइएको छ । पटकपटक शीर्ष नेतृत्वले पन्छ्याउन खोजेपछि ओलीले यतिबेला जित हार जेसुकै भएपनि प्रतिस्पर्धामा उत्रीने अडान कायम राखेका छन् । चुनावी प्रतिस्पर्धामा तीन जनाले प्रतिस्पर्धा गर्ने देखिन्छ । तीन जना उम्मेदवार मध्य कसले बाजी मार्ने ? भनेर अहिले नै भन्न सकिने स्थिति छैन । यद्यपि जिल्लामा नेता लाल बहादुर थापा प्यानल नै बलियो देखिन्छ ।

बाहिर चर्चा भए जस्तो जिल्लामा लाल बहादुर थापाको प्यानल बलियो यो अधिवेशनमा पनि हुन सके नेता ओलीले जिल्लाको नेतृत्व गर्ने अवसर पाउन सक्ने अनुमान लगाउन सकिन्छ । अधिवेशन नजिकिदै गर्दा शीर्ष नेताहरू नै आआफ्नो छुट्टाछुट्टै उम्मेदवार बोकेर हिडेको कुरा भने बाहिर खुलेर नभने पनि आम कार्यकर्तालाई भने मन परेको छैन । उसो त यो पार्टी कमजोर हुने पुर्व संकेत हो भन्दा पनि फरक नपर्ला ।

यतिबेला जिल्लाकै शीर्ष नेतृत्वकै आआफ्नै उम्मेदवारलाई जिल्लाको नेतृत्व सुम्पिने आन्तरिक तयारी र दौडधुपले उम्मेदवारलाई फाइदा भएपनि सिङ्गो पार्टीले भने घाटा बेहोर्नुपर्ने कार्यकर्ताको बुझाई छ । उसो त एमाले बाजुरा दुई खेमामा भन्ने कुरा नौलो कुरा त होईन तर बाहिर देखिने गरी छुट्टाछुट्टै टिमबाट चुनाव लड्ने तयारीमा भने यतिबेला नेताहरु जुटेका छन् । यदि चुनावी प्रतिस्पर्धाका माध्यमबाट नयाँ नेतृत्व चयन भने वास्तविक जिल्लामा कुन प्यानल बलियो भन्ने कुरा भने यो अधिवेशनले देखाउने छ ।

केन्द्र सम्म प्रभाव राख्ने थापा द्व्यले जिल्लामा भने पार्टी मिलाउन सकेका छैनन् भन्ने कुरा पनि यो अधिवेशनले पुष्टि गर्नेछ। बरु जिल्लामा को बलियो ? भन्ने आन्तरिक प्रतिस्पर्धामा उनीहरु सक्रिय छन् । चुनावी प्रतिस्पर्धाका माध्यमबाट नयाँ नेतृत्व चयन हुन सकेमा पार्टी भित्र हाबी हुँदै गएको व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुने देखिन्छ । नेकपा एमाले बाजुरामा दर्जनौं प्रभावशाली र बलियो नेताहरु छन् । तर नयाँ नेतृत्व चयन भने सहमतिको नाममा टिके पर्था जस्तै हुने गरेको जनगुनासो कार्यकर्ताको छ ।

उसो त नेकपा एमाले पार्टी भित्र केही व्यक्तिको व्यक्तिबादी प्रवृति हाबी हुँदै गएको भन्दै पार्टी भित्रकै नेता कार्यकर्ताहरुले आरोप लागाउदै आएका छन् । कार्यकर्ताको जुन आरोपलाई प्रमाणित गर्न टाढा जानै पर्दैन अघिल्लो सातौं जिल्ला अधिवेशन सम्झिए पुग्छ ।

दुई पटक स्थानीय तहको जनप्रतिनि समेत भैसकेका हालका एमाले प्रदेश कमिटी उपाध्यक्ष काली बहादुर शाही दोश्रो पटक जिल्ला अध्यक्ष बनेका थिए । नेताहरुकै बलजवतले शीर्ष नेताहरुको पहुँचमा अध्यक्ष भएको कुरा घाम झै छर्लङ्ग भएको थियो । दशक बढी समय सम्म उनी एकैले पार्टीको नेतृत्व गरेका छन् ।

केन्द्रमा केपी ओलि बाहेक अरुले प्रतिस्पर्धामा उत्रिएपनि अध्यक्ष ओली नै अध्यक्ष जसरी बनेका छन्,त्यहिँ बाजुरामा पनि छ । फरक यत्तिमात्र हाे केन्द्रिय अध्यक्ष ओली चुनाबबाट निर्वाचित भएका छन् भने बाजुरा जिल्ला कमिटीका अध्यक्ष कालि बहादुर शाही भने सर्वसम्मतको नाममा उपल्लो तहको नेतृत्वका पहुँचमा हुने गरेका आरोप छ । जसको उदाहरणका रुपमा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिवेशनलाई लिन सकिन्छ ।

नेकपा एमालेको नेकपा एमाले बाजुरा भित्र दर्जनौं प्रभावशाली युवा नेताहरु भएपनी उनी पार्टीको उपल्लो निकायका व्यक्तिको आडमा दोश्रो पटक जिल्ला कमिटी अध्यक्ष र जगन्नाथ गाउँपालिकाको अध्यक्ष पनि बने । उसो त नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिबेशनमा उनलाई सर्वसम्मत अध्यक्ष बनाएको भनिएपनी नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटीले असन्तुष्टि जनाएको थियो । खप्तड छेडेदह गाउँ कमिटीले पटक–पटक सिङ्गो एमाले गाउँ कमिटीलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गर्ने गरेको आरोप सहित जिल्ला कमिटीमा नबस्ने गरि बाहिरिएको समेत थियो

सातौं जिल्ला अधिबेशनबाट एमाले बाजुराको नेतृत्व सर्वसम्मत चयन गरिएको भनिएपनी सर्वसम्मतको नाममा जवरजस्त नेतृत्व चयन गरेको आरोप सहित सिङ्गो गाउँ कमिटी बाहिरिएको थियो ।उसो त सातौं जिल्ला अधिबेशनमा अध्यक्षका उम्मेदवार संगै प्रतिस्पर्धामा उत्रिएका अर्का उम्मेदवार नेता लाल बहादुर ओलीलाई मनोनयन नै दर्ता दिइएन । सहमति नजुटेपछी निर्वाचन प्रक्रिया सुरु भैई मनोनयन दर्ता  गराउन्छु भन्दा पिन व्यवास्ता गरी  केन्द्रिय नेताहरुको हस्तक्षेप भैई मनोनयन समेत दर्ता गर्न नपाएरै जवरजस्त नेतृत्व चयन गरिएको भन्दै सिङ्गो गाउँ कमिटी असन्तुष्ट भएको थियो ।

तर केही समय पछि पुनः जिल्ला कमिटीमा नेकपा एमाले बाजुरा समाहित भएको थियो । कुन सहमति गरेर पुःन जिल्ला कमिटीमा समाहित भएको थियो भन्ने कुरा भने अहिले सम्म नेकपा एमाले जिल्ला कमिटीले पनि बताएको छैन ।  अहिले नेता ओली फरक टिमबाट चुनाव लड्ने तयारीमा जुट्नुको कारण यहीँ रहेको टिप्पणी पनि भैरहेका छन् ।

ओली निकट नेता कार्यकर्ता र नेता ओली स्व्यम पनि आफुलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा थिए तर त्यसो नहुने निश्चित जस्तै भएपछि ओलीले फरक टिममा समाहित भएको आंकलन भैरहेको छ । पार्टी भित्र थुप्रै असन्तुष्ट पक्ष भएपनि निर्वाचनमा भने नेकपा एमाले जहिले एक ढिक्का भएर अगाडि बढ्ने गरेको छ । यसलाई एमाले बाजुराको सवल पक्ष रहेको अन्य दलहरूले पनि बताउने गरेका छन् ।

जसको फलस्वरूप नेपाली कांग्रेसको कडा प्रतिस्पर्धी एमाले बाजुरा बन्न पुग्छ । एकता नै बल हो भन्ने झै यस अघि भएका निर्वाचनमा जित समेत एमालेले निकालेको छ ।

नेकपा एमाले जिल्ला कमिट बाजुराको आठौँ जिल्ला अधिवेशनमा बाजुराका ९ वटै स्थानिय तहबाट ४ सय ४२ बढी अधिबेशन प्रतिनिधिको सहभागिता रहने छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.