मिन बहादुर खड्का काठमाडौं : बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ का दुई बालक बेपत्ता भएका छन् । गत बिहीबार उनीहररु आफ्नै घरबाट बेपत्ता भएको पारिवारिक श्रोतले जनाएको छ ।
उनीहरु संगै बेपत्ता भएको बुझिएको छ । बेपत्ता हुनेमा खप्तड छेडेदह गाउपालिका ४ गुइबन स्थायी घर भएका बादुरे धामी र महादेवी धामी को छोरा अन्दाजी १३ वर्षका टेकबहादुर धामी र सोही गाउँका स्थानीय हर्कबहादुर धामी र रंगा देवी धामीको छोरा अन्दाजी वर्ष ११ गौरव धामी रहेका छन् । बेपत्ता भएका टेक बहादुर धामी खापर देवस्थली माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । यस्तै अर्का बेपत्ता भएका गौरब धामी दौनागिरी आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत रहेको बुझिएको छ ।
उनीहरु परिवारको सम्पर्कबाट टाढा रहेको ५ दिन बितिसकेको छ । छिमेकी आफन्त इष्टमित्र सबै ठाउँ खबर गर्दा काहिँ कतै नभेटिएको पारिवारिक निकट श्रोतले बताएको छ । एक दुई दिन कतै आफन्तहरुको घरमा गएको भए आउलान् भन्ने सोचमा बसेको भएपनि पाँच दिन पुगिसक्दा पनि सम्पर्कमा नआएपछि खोजी कार्य जारी राखेको टेक बहादुर धामीका बुवा बादुरे धामीले बताएका छन् ।
खोजीकार्य जारी रहेको भएपनी कतै सम्पर्कमा नआएको उनको भनाई छ । २७ गते बिहान बिद्यालय पठाएका उनीहरु सोही दिनबाट बेपत्ता भएको उनले बताएका छन् । कुन ठाउँ गए,भन्ने समेत कसैलाई जानकारी नभएको उनको भनाई छ ।घरपरिवारको सम्पर्कबाट टाढा रहेका दुई बालकहरुलाई भेटाउने जो कोहीले नजिकको प्रहरी चौकी र आफन्तहरुको मोबाइल नम्बर ९७६४२३६७३१,९८६७५९२६२६,९८४८६४३६१८९७६२८४११९१, ९८४३८७३३५४, ९८६८२७००४७ सम्पर्क गरिदिन हुन आफन्तहरुले अपिल गरेका छन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?