मिन बहादुर खड्का काठमाडौं : बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ का दुई बालक बेपत्ता भएका छन् । गत बिहीबार उनीहररु आफ्नै घरबाट बेपत्ता भएको पारिवारिक श्रोतले जनाएको छ ।
उनीहरु संगै बेपत्ता भएको बुझिएको छ । बेपत्ता हुनेमा खप्तड छेडेदह गाउपालिका ४ गुइबन स्थायी घर भएका बादुरे धामी र महादेवी धामी को छोरा अन्दाजी १३ वर्षका टेकबहादुर धामी र सोही गाउँका स्थानीय हर्कबहादुर धामी र रंगा देवी धामीको छोरा अन्दाजी वर्ष ११ गौरव धामी रहेका छन् । बेपत्ता भएका टेक बहादुर धामी खापर देवस्थली माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । यस्तै अर्का बेपत्ता भएका गौरब धामी दौनागिरी आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत रहेको बुझिएको छ ।
उनीहरु परिवारको सम्पर्कबाट टाढा रहेको ५ दिन बितिसकेको छ । छिमेकी आफन्त इष्टमित्र सबै ठाउँ खबर गर्दा काहिँ कतै नभेटिएको पारिवारिक निकट श्रोतले बताएको छ । एक दुई दिन कतै आफन्तहरुको घरमा गएको भए आउलान् भन्ने सोचमा बसेको भएपनि पाँच दिन पुगिसक्दा पनि सम्पर्कमा नआएपछि खोजी कार्य जारी राखेको टेक बहादुर धामीका बुवा बादुरे धामीले बताएका छन् ।
खोजीकार्य जारी रहेको भएपनी कतै सम्पर्कमा नआएको उनको भनाई छ । २७ गते बिहान बिद्यालय पठाएका उनीहरु सोही दिनबाट बेपत्ता भएको उनले बताएका छन् । कुन ठाउँ गए,भन्ने समेत कसैलाई जानकारी नभएको उनको भनाई छ ।घरपरिवारको सम्पर्कबाट टाढा रहेका दुई बालकहरुलाई भेटाउने जो कोहीले नजिकको प्रहरी चौकी र आफन्तहरुको मोबाइल नम्बर ९७६४२३६७३१,९८६७५९२६२६,९८४८६४३६१८९७६२८४११९१, ९८४३८७३३५४, ९८६८२७००४७ सम्पर्क गरिदिन हुन आफन्तहरुले अपिल गरेका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै