मिन बहादुर खड्का काठमाडौं : बाजुराको अति दुर्गम हिमाली गाउँपालिका १ बिछ्याका २५० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री स्कुल ब्याग ,कपि कलम सहयोग गरिएको छ । अमेरिकामा कर्म थलो बनाउदै आएका समाजसेवी सवि थापा र ईन्द्र थापा दम्पत्ति बाट संचालित इशा फाउन्डेसनलेले उक्त बिद्यालयमा सहयोग गरेको हो ।
जिल्लाकै सबै भन्दा दुर्गम र सुविधाकाे पहुँचबाट बन्चित ठाउँमा अहिले सम्म ईशा फाउन्डेसनकाे पहिलो सहयोग पुगेको सामाजिक अभियान्ता रिता शाहीले जानकारी दिएकी छन् । अभियान्ता शाही र सामाजिक अभियान्ता लक्ष्मी बोगटीको पहलमा यतिबेला विभिन्न सहयोगी दाताहरूबाट संकलित राहत सामाग्री वितरण कार्य भैरहेको छ । राहत सामग्री वितरणको क्रममा अभियान्ता द्वय शाही र बोगटी यतिबेला बिच्छ्या पुगेकी हुन् ।
भगोलिक विकतता संगै दुर्गम भएका कारण यो ठाउँ सम्म मानिसहरू जान आँट गर्दैनन् । जहाँ लगातार ४ दिनको यात्रा लगाएर मात्रै पुग्न सकिन्छ । सम्बन्धित ठाउँमा पुगेर सहयोग सामाग्री हस्तान्तरण गरिएको शाहीले बताएकी छन् । इशा फाउन्डेसनले २५० बालबालिकाहरुलाई एक लाख ५५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण सहयोग गरेको थियो ।
उक्त शैक्षिक सामग्री हस्तान्तरण गर्न शाही र बोगटी त्यहाँ पुगेकी हुन् । सामाजिक अभियान्ता रिता शाही आफ्नो सामाजिक सञ्जालमा लेखे अनुसार फाउन्डेसनका संस्थापक, सवि थापा ईन्द्र थापा, फाउणडर डम्बर कार्की ,दिपा पुन, र सुप्रिया घिमिरे लगाले उक्त सामग्रीकाे लागि आर्थिक सहयोग गरेको बताइएको छ ।
उक्त सहयोग सामाजिक अभियान्ता लक्ष्मी बाेगटि कुवर र रीता शाहीले सम्बन्धित ठाउँमा पुगेर सहयोग हस्तान्तरण गरेकी हुन्। सहयोग हस्तान्तरण गर्ने सुनाैलाे अवसर दिएको भन्दै फाउन्डेसन परिवारलाई अभियान्ता द्वय शाही र बोगटीले धन्यवाद समेत दिएकी छन् ।
हाल सम्म काहीं कतैबाट सहयोग नजुटेको बिद्यालय जहाँ कसैको उपस्थिति समेत न भएको ठाउँमा इशा फाउन्डेसनकाे यति ठुलो सहयोग गरेपछि बिद्यालय परिवार र वडा वासी खुसी भएका छन् । बिद्यालय परिवार र स्थानीयले फाउन्डेसनलाइ धन्यवाद समेत दिएका छन ! इशा फाउन्डेसले सो बिद्यालयलाई मात्र न नभैई विगत लामो समय देखि देशका विभिन्न ठाउँमा समस्यामा परेकाहरूलाई आवस्यक सहयोग गर्दै आइरहेको छ ।
सम्वन्धित समाचार
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत
राप्रपाको प्रदर्शन सकियो, नेताहरु पक्राउ परेपछि आकस्मिक बैठक बोलाइयो
१९ दिनदेखि शिक्षकको आन्दोलन जारी
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले बोलाए साँझ ७ बजे
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउनू:- देउवा