मिन बहादुर खड्का /काठमाडौं : बहसमा बार्जु बाजुरा महोत्सव हिजो (शुक्रबार ) बाट सुरु भएको छ। जेठ ८ गते सम्म चल्ने महोत्सव हिजो एक औपचारिक कार्यक्रमका बीच सुरु भएको हो । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा सदरमुकाम मार्तडीमा यहीँ बैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म संञ्चालन रहने गरी हिजो उद्घाटन गरिएको छ । आज (शनिबार) बाट निरन्तर कलाकारहरुका प्रस्तुति संगै अन्य कार्यक्रम सुरु हुने आयोजक सुदुर साहित्य प्रतिष्ठानले जनाएको छ ।
यसैबीच “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा (शनिबार ) बहुचर्चित देउडा गायक महेश कुमार आउजीको प्रस्तुती रहने भएको छ । महोत्सवको उद्धघाटन भएसंगै पहिलो दिन चर्चित देउडा गायक आउजी लगायत अन्य स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने मुल आयोजक समिति सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायले जानकारी दिएका छन् ।
अध्यक्ष खडायतका अनुसार शनिबार गायक आउजी संगै स्थानिय देउडा गायक रंग नेपाली,छत्र साउद,हास्य कलाकार दिपक वि.क (विकाश बाजे) लगायत अन्य स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने बताइएको छ ।
जिल्लाको कला साहित्य र सँस्कृतिको जगेर्ना, स्थानीय उत्पादित बस्तुको बजारीकरण, बाजुरा स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार लगायतको बृहत उदेश्य सहित महोत्सवको आयोजना गरिएको अध्यक्ष खडायतले बताएका छन् । महोत्सवको माध्यमबाट टाढिएका मनहरुलाई एकै ठाउँमा जोड्ने, बाजुराको शीर्ष नेतृत्वलाई एकै ठाउँमा उभ्याउने र साझा सवालमा साझा सहमति र एकता कायम गर्ने महोत्सवको प्रमुख उदेश्य रहने प्रतिष्ठानका सचीव कृष्ण ओलीको भनाई छ ।
विगतमा जिल्लामा आयोजना हुने महोत्सव भन्दा यो महोत्सव फरक, हेर्न लायक र सबैले सम्झिन लायक हुने बताउदै सचिव ओलीले बाजुराको विकास र समृद्धि संग जोडिएर अन्य कार्यक्रम पनि तय गरिएको बताएका छन् । केहि फरक, केहि नविन गर्ने जमर्को सहित महोत्सवको आयोजना गरेको उनको भनाई छ । विगतका भन्दा खास र बिशेष रहने विश्वास आयोजकको छ ।
जिल्लाका साझा सवाल र समस्या संग जोडिएर सरोकारवाला निकायका व्यक्तिलाई एकै ठाउँमा महोत्सवका माध्यमबाट उभ्याउने उदेश्य प्रतिष्ठानको छ ।बाजुराको विकास, सुशासन र समृद्धिको अभियानमा सहकार्य गर्ने र जिल्लाको भाषा, कला, साहित्य, पर्यटन र सँस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने,उदेश्य सहित महोत्सव सञ्चाल गरिएको हो । स्थानीय रितीरिवाज, चालचलन भेषभुषाको झलक पनि महोत्सवमा देखाईने उदेश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजकले बताएको छ ।
जिल्लाको विकास, सुशासन र समृद्धिको अभियानमा जोसुकै जुटेपनी त्यसमा सबैले साथ सहयोग गर्नु नै उपयुक्त हुने सचीव ओलीको भनाई छ। बहसमा बार्जु बाजुरा महोत्सवको दोश्रो शृङ्खला मनोरञ्जनमा मात्रै सिमित नहुने उनले बताएका छन् । कलाकारको प्रस्तुतिमा मनोरञ्जन संगै जिल्ला वासिका समस्या र समाधानका उपायहरु, बाजुराको विकास, बाजुरावासीको समृद्धि, जिल्लाका सम्भावनाहरुको सदुपयोग संग केन्द्रित रहेर सरोकारवाला निकायका सरोकार राख्ने व्यक्ति संग विकास समृद्धिका कुराकानी पनि हुने सचीव ओलीको भनाई छ ।
साझा सहमति र सहकार्यका माध्यमबाट आयोजना गरिएको महोत्सव सफल पार्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आयोजकले अपिल गरेको छ ।महोत्सवमा जिल्लाका प्रत्येक पालिकामा बनाईएका चोयाबाट बनेका डोका,डाला,सुपा पाल्ता,छाप्री अल्लो तथा भाँगोबाट बनेका बोल्ला,राडी,गलैचा,पाखी,टोपी कृषि उत्पादन ,रैथाने बाली,स्थानिय संस्कृति झल्काउने,मागल हुड्क्यौली,भुवा,अनन्ते लगायतका खेलहरु समेत प्रस्तुत गरिने छ ।
त्यस्तै महोत्सवमा एकल गायन, बिभिन्न साँस्कृतिक कार्यक्रम,चित्रमा बाजुरा फोटो प्रर्दशनी,देउडा लाइफ,स्थानिय झाँकी प्रर्दशन,निबन्ध प्रतियोगिता,बक्तृत्वकला प्रतियोगिता,गजल उत्सव,साहित्य साँझ,बिभिन्न नेता कार्यकर्ताहरुसंग बहस,स्थानिय जनप्रतिनिधि संग बहस,कृषि उत्पादन,जडिबुटी,बाजुराको साँस्कृतिक तथा राजनितिक ईतिहास बिषयक कार्यपत्र प्रस्तुत,बाजुराको बिकास,पद र पुहँचको असर लगायत स्रष्टा,सर्जक,उद्यमी,सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम रहने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

महोत्सव जेठ ८ गतेसम्म संञ्चालनमा रहने प्रतिष्ठानका सचिव कृष्ण वलीले बताएका छन् । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेन उनले जानकारी दिएका छन् ।
यी हुन् महोत्सवमा प्रस्तुती दिने कलाकारहरु :
महोत्सवमा चर्चित गायक रमेश राज भट्टराई, रामजी खाँड,महेश कुमार आउजी,राधिका हमाल,लाल बहादुर धामी ( अछामी बड्डो) लक्ष्मी आर्चाय,रेखा जोशी,रचना रिमाल,ज्योती मगर,सुप्रिम मल्ल (ठकुरी) सिम्रन परियार,समिक्षा अधिकारी,टंक तिमिल्सेना,चर्चित बाजुरेली देउडा गायक प्रकाश थापा,लाल बहादुर थापा,चर्चित देउडा गायिका डिक्रा गाइने, शोभा थापा,संगिता शाह,इब्सल सञ्जेल लगायतको प्रस्तुती रहने भएको छ ।
त्यस्तै गायक ध्वज महरा,बिष्णु धामी,देब बोहरा,नर बहादुर वि.क,राजेन्द्र बाजुरेली,प्रभुराज पाण्डे,पबिन्द्र सुनार,धर्मेन्द्र सुनार,रंग नेपाली,गणेश चौतारी, लक्ष्मी नेपाली,अंकुश बि.सी,जितजंग कट्टेल,देउडा खेलाडी शंकर मल्ल (ठकुरी) देउडा खेलाडी पानशरा थापा, हास्य कलाकारमा भिम बिष्ट (अछामी रेखा) दिपेन्द्र वली,जनक शाउँद (अछामी माग्ने बुढा) दिर्घ शाही ,गुड्डु वली ( बाजुरेली बज्यै)किरण थापा र दिपक वि.क(विकाश बाजे) लगायत अन्य स्थानिय कलाकारका बेजोड प्रस्तुती रहने छ । यस्तै मोडेलहरुमा राजेश पायल बि.क ,निशान्त रोकाया,लगायतले प्रस्तुति राख्नेछन् । महोत्सवमा स्थानीय प्रतिभालाई पनि प्राथमिकतामा राख्ने आयोजकले बताएको छ ।
यस्तो महोत्सवको अन्य छ कार्यक्रमकाे रूपरेखा-
१) एकल गायन : नवोदित कलाकारहरुसँगको भेट । (२० जना बाजुरा जिल्लाका नवोदित कलाकारहरुको प्रस्तुती रहने)
२) साँस्कृतिक कार्यक्रम : स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती ।
३) डेउडा लाईभ : डेउडा खेलाडी पुष्प आचार्य, शंकर मल्ल र बिपना सिंह बीच डेउडा खेल गरिने ।
४) नृत्य प्रतियोगिता : नव कलाकार तथा विभिन्न विद्यालयका विद्यार्थीहरु बीच नृत्य प्रतियोगिता गरिने ।
५) साहित्य साँझ : राष्ट्रिय तथा जिल्ला स्तरका विभिन्न साहित्यकारहरुको उपस्थितीमा उहाँहरुका गित तथा कविता बाचन गरिने ।
६) गजल उत्सव : देशका उत्कृष्ट गजलकारहरु सुमन स्मारिका, कमल संघर्ष, नविन चिराग लगायत पाँच जना गजलकारहरुको प्रस्तुती गरिने ।
७) स्थानिय झाँकी प्रर्दशनी : जिल्लाका विभिन्न स्थानमा मनाईने– अनन्या, भुवो, हरिनो, बाले नाँच, हुड्केउली, बाजा, लाखे, रामलिला लगायतको प्रर्दशनी गरिने ।
८) प्रदेशी पर्खेका एक्ला घर : निबन्ध प्रतियोगिता ।
९) बाजुराको वास्तविकता र बुझाई : वक्तृत्व कला प्रतियोगिता ।
१०) बाजुरा दुरीमा कि, दृष्ट्रिमा विकट ? विकास बहस । गगन थापा, योगेश भट्टराई, राम कुमारी झाँक्री । यश प्रस्तुतीमा जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष सहीतको सहभागिता
११) सम्वृद्धिका लागि सद्भावको बसाई : बाजुराको राजनीतिक पृष्ठभुमिबाट माथि उठी राष्ट्रिय स्तरमा आफ्नो छवी बनाएका नेताहरु नेपाली काँग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे, नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, नेकपा माओवादीका केन्द्रिय सदस्य कर्ण बहादुर वि.क. (केशव) र नेकपा समाजवादीका नेता नरेश शाही बीच जिल्लाको विकासलाई साझा मुद्दा कसरी बनाउने भन्ने राजनीतिक बहस । साथमा बाजुरामा क्रियाशिल राजनीतिक दलका जिल्ला नेतृत्वका जिल्ला नेतृत्व बीचको बहस र छलफल ।
१२) विकासमा पद र पहुँचको असर- लालबहादुर थापा, जनकराज गिरी, डबल शाह र हिक्मतजंग शाही बीचकाे बहस ।
१३) बाजुराको सांस्कृतिक तथा राजनीतिक ईतिहास विषयक कार्यपत्र प्रस्तुती । (लेखक जहरसिंह थापाले दशकौँ समय खर्चदै अध्ययन अनुसन्धान गरेको बाजुरा जिल्लाको सांस्कृतिक तथा राजनीतिक ईतिहासको कार्यपत्र प्रस्तुत गरिने ।)
१४) उत्पादन र अवसरको तथ्यगत विवरण समेपटएको कार्यपत्र प्रस्तुती र खुला छलफल ।
१५) बाजुराको कृषि, उत्पादन, सम्भाव्यता विषयक कार्यपत्र प्रस्तुती र अन्तक्रिया :
१६) प्रत्येक पालिकाको स्थानीय उत्पादन तथा जडीबुटीको प्रदर्शनी ।
(१) चोयाबाट बनेका : डोका, डाला, सुपा, पाल्ता, छाप्री ।
(२) अल्लो भाङ्ग्रो तथा उनबाट बनेका बोल्दा, राडी, गलौचा, पाखी, टोपी ।
(३) कृषि उत्पादन :
(४) जडिबुटी :
१७) चित्रमा बाजुरा : जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी ।
१८) स्रष्टा, सर्जक र सफल उद्यमी, सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम ।



सम्वन्धित समाचार
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती
एमाले सचिवालय बैठक भोलि बस्दै, प्रत्यक्षतर्फका उम्मेदवारबारे निर्णय गरिने
देउवा पक्षका संस्थापन नेताहरू निर्वाचन आयोग जाँदै
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै