काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेका छन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले यस्तो घोषणा गरेका हुन् । ‘संसदीय छानबिन समिति नबनीकन अब संसदको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौँ’, थापाले सदनमा बोल्दै भने । उनले संसदको काम कारबाहीप्रति आफूहरूको विश्वास नरहेको पनि बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट अधिवेशन अन्तर्गतको पहिलो संसद बैठक नै अवरुद्ध पारेको छ ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था