काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा धेरै राजनीतिक दलका नेताहरुको सहभागीता रहेको थियो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरु, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवी लामिछाने लगायत दलका नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भए ।
उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूले स्वागत गर्दै चियापान तर्फ पुर्याएका थिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्ने बताएका छन्।
उनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायत परिवर्तनविरूद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गरे। यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरूलाई एकताबद्ध गर्नमा केन्द्रित छ, उनले भने।
कांग्रेसको चियापान संस्कृति बिपी कोइराला जीवितै हुँदा सुरू गरिएको भन्दै उनले यसले आपसी एकता र सदभाव वृद्धि गरेको बताए।



सम्वन्धित समाचार
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
शिक्षामन्त्री पुनद्वारा राजीनामा
अन्तिम समयमा पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल: रास्वपाबाट निर्वाचन लड्दै
सूर्य चिन्ह जिताउन लागौँ, समीक्षा चुनावपछि गरौँला: योगेश भट्टराई