काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा धेरै राजनीतिक दलका नेताहरुको सहभागीता रहेको थियो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरु, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवी लामिछाने लगायत दलका नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भए ।
उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूले स्वागत गर्दै चियापान तर्फ पुर्याएका थिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्ने बताएका छन्।
उनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायत परिवर्तनविरूद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गरे। यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरूलाई एकताबद्ध गर्नमा केन्द्रित छ, उनले भने।
कांग्रेसको चियापान संस्कृति बिपी कोइराला जीवितै हुँदा सुरू गरिएको भन्दै उनले यसले आपसी एकता र सदभाव वृद्धि गरेको बताए।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप