खडेरीले सुक्यो पानीको मुहान,पानीको चरम अभाव



रामबहादुर विक / बाजुरा: सदरमुकाम मार्तडीमा सुख्खा खडेरीका कारण मुहानमा पानी नभएर खानेपानीको चरम अभाब भएको छ । विगत लामो समय देखी खडेरीका कारण पानीको मुहान सुकेर खानेपानीको चरम अभाव भएको हो ।

सदरमुकाम मार्तडीमा पानीको चरम अभाब हुदाँ नागरिकलाई खानेपानीको समस्या भएको छ । एक हप्ता देखी सदरमुकाम मार्तडीमा पानी नहुँदा खानेपानीको अभाव भएको स्थानियले बताएका छन् । मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिती र बडीमालिका नगरपालिको चरम लापारबाहीका कारण यहाँका नागरिकहरुले सधै खानेपानीको समस्या झेल्नु परेको स्थानियहरुको भनाई छ ।

नगरपालिकाले खानेपानीको अभाब नहोस् भनी पालिकाबाट पटक–पटक बजेट ब्यबस्थापन गरेको भएता पनि मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीले खानेपानीलाई नियमित संचालन गर्न नसकेको आरोप बडीमालिका नगरपालिकाले लगाएको छ ।

सदरमुकाम मार्तडीमा यत्रतत्र पाईपलाईहरु छरिएर रहेका छन् ,प्रत्येक ठाउँमा पाईपलाईहरु काटिएका छन् यसलाई ब्यवस्थापन गर्न नसक्नु मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीको कम्जोरी हो, प्रम्ुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार खानेपानीको ब्यबस्थापन गर्न नगरपालिकाले गर्ने काम सबै गरिरहेकै छौं । नगरपालिकाले गएर पानी बनाई दिने होईन् ,बजेट ब्यबस्थापन गर्दिने हो,प्रमुख केहीले भन्नुभएको छ । नगरपालिकाले मार्तडी बृहत खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै निति तथा कार्यक्रममा समेटेको छ । आर्थिक बर्षबाटमा बजेट विनियोजन गर्ने प्रमुख केसीले भन्नुभयो ।

मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीलेद्धारा संचालित खानेपानी सुख्खा खडेरीका कारण मुहान सुक्दै गएपछी खानेपानीको अभाब भएको खानेपानी ब्यबस्थापक कर्ण बहादुर रावलले दावी गर्नुभएको छ । सदरमुकाम मार्तडीमा पाँच सय ५५ वटा धारा छन् । अहिले ति धाराहरुमा खडेरीका कारण महान सुक्दै गएपछी , मुहानमा दिनभरी पानीको ब्यबस्थापन गरी बेलुका बिहान एक एक पटक सबैलाई पानी दिने गरेको उहाँले जिकिर गर्नुभयो ।

पानीको अभाब भएपछी,नागरिकलाई पानी दिनका लागी मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिती दिनरात काम गरिरहेका छौं,खानेपानी ब्यबस्थापक रावलले भन्नुभयो । उहाँका अनुसार उक्त योजनाअन्तर्गत हाल रहेको पानीको स्रोत खडेरीका कारण सुक्दै गएपछि दैनिक खानेपानी आपूर्तिमा समस्या आएका कारण वैकल्पिक स्रोतको खोजीमा समेत लागिरहेका छौं ।

खानेपानी समस्याका कारण बालबालिकालाई समयमै विद्यालयमा पठाउन र सरसफाई गर्न समेत गाह्रो भएको स्थानिय ललिता विष्टले बताउनुभएको छ । सदरमुकाम मार्तडीमा खानेपानीको अभाब भएपछी खानेपानी ल्याउन धेरै टाढा जानुपर्ने बाध्यता छ ,उहाँले बताउनुभयो ।

सदरमुका मार्तडीमा खोनपानीको हाहाकार भएपछी खानेपानी ल्याउन भम्क,थापाबाडा,पानीपाल,बाउली लगायतका ठाउँमा गएर मुहानको खानेपानी ल्याउने गरेको विद्यार्थी रविन्द्र विकले बताउनुभयो । अहिले सदरमुकाम मार्तडी बासी मुहान र खोलाको पानी खाने गरेका छन् । बिशेष गरी मार्तडीमा पानी नहुँदा बिद्यार्थीहरुलाई बढि समस्या हुने गरेको नागरिक अगुवाहरुले बताएका छन् । पानी नागरिकको आधारभुत आबश्यकता हो,यसलाई नियमित संचालन गरि ब्यबस्थापन गर्न सरोकार निकायको जरुरी छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.