काठमाडौं : सामाजिक अभियान्ता एवम् साहित्यका रिता शाही र लक्ष्मी बोगटी कुवँर यतिबेला राहत सामाग्री लिएर बाजुरा पुगेकी छन् ।विभिन्न सहयोगी दाताहरूबाट सहयोग संकलन गरी शाही र बोगटी वितरण गर्न बाजुरा पुगेकी हुन् । यसैबीच आज पहिलो कार्यक्रम पनि सम्पन्न भएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकी छन् ।

हाप्सा नेपाल काठमाडौ काे सहयोगमा बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ४ काे ताेलि देवलडाँडा माविका २०० बिद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको पनि शाहीले बताएकी छन् । एक परिवारलाई लक्षित गरि स्वास्थ्य सामग्रीहरु ( एउटा किटमा ४ वटा ब्रस, काेलकेट ,४ वटा मास्क, दुईवटा नुहाउने साबुन , सेनिटरी प्याड, सेनिटाइजर ,पानि शुद्धीकरण गर्ने पिउस आदि सामग्रीहरु वितरण गरिएको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले जानकारी दिइन्।

त्रिवेणी नगरपालिका कि उप प्रमुख कमला न्यौपाने, वडा अध्यक्ष गणेश साउद शिक्षक अभिभावक लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । शाहीको साथमा सहयोग सामग्री संकलन गरी अभियान्ता लक्ष्मी बोगटी कुवँर पनि छन् । सहयोग सामाग्री शाही र बोगटी दुबैले जुटाएकी हुन् । उनीहरु कैलाली हुँदै बाजुरा पुगेकी हुन् । र बोगटीले संग संगै आपसी समन्वय र सहकार्य गरेर राहत सामग्री स्संकलन गर्ने र वितरण गर्दै आएकी छन् । विगत लामो समय देखी शाही र बोगटी निरन्तर समाज सेवामा समर्पित छन् ।

सामाजिक अभियान्ता रिता शाही आफ्नो फेसबुकमा लेख्छीन् “याे सामाग्रीलाई यहाँ सम्म पुर्याउन आर्थिक सहयोग गर्ने इउके निवासी समाजसेवी दिदि पुष्पा राईलाई धेरै धेरै धन्यवाद ! साथै हाम्सा नेपाल परिवार र दाई पञ्कच भट्टलाई फेरि पनि धेरै धेरै धन्यवाद” शाही लामो समय देखी सामाजिक कार्यमा सक्रिय छिन्। उनी सामाजिक कार्य,राजनीतिमा आबद्द हुनुका साथै समाज सेवामा पनि तलिन् छन् ।

साहित्यमा समेत कलम चलाउने शाही नेपाली कांग्रेसकी प्रभावशाली महिला नेतृ पनि हुन् । तर शाहीले बढी समय भने सामाजिक कार्य र समाजसेवामा खर्चिदै आएकी छन् । समाज सेवा मार्फत नै राजनीतिमा हुमिएकी शाही जनताको सेवा र सक्रिय सामाजिक कार्य संगको संलग्नतालाई नै राजनीति ठान्छीन् । शाहीले राजनीति भन्दा बढी महत्त्वपूर्ण पनि समाज सेवा नै ठानेको बताउदै आएकी छीन् ।



सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’