मौसमी बसाइँसराइको यात्राकै क्रममा गुरुङले बाटोमै बच्चा जन्माइन् । जाडो छल्न औल झर्ने बेला अछामको मार्कु जंगलबीचमा बनाइएको पालमा बसेका बेला उनको बच्चा जन्मियो ।
पार्वतीजस्तै हुम्लाको ताजाकोट गाउँपालिका २ कि सिता थापा भोटेले पनि मंसिरको अन्तिम साता अछाम झर्ने बेला बाजुराको बाह्रबिसमा छोरी जन्माइन् । उनको परिवारलाई ताजाकोटबाट बाजुराको बाह्रबिस पुग्न दुई साता लाग्यो । सुत्केरी सिताले आराम गर्न पाइनन् । सुत्केरीको चार दिनमा उनी हिंड्नुपर्यो । चैत महिनाभर सिताको परिवार अछामको बुढाकोटमा बसेर घर फिर्ता भएको छ ।
गएको मंसिरमा हिमाली गाउँपालिका अगाउपानीकी तनी थापाले अछाम जाने बेला बाजुराको बूढीगंगाको रापकमा बच्चा जन्माइन् । पोषणयुक्त खानपान र उपचार नहुँदा उनले केही दिनमै छोरी गुमाउनु पर्यो । तनी बच्चा पाएकै दिन लगातार ५ घण्टा हिंडेकी थिइन् ।
हिमाली र उच्च हिमाली भेगमा बस्ने भोटे जाती चिसो छल्न मौसमी बसाइँ सर्दैै आएका छन् । उनीहरू कात्तिक, मंसीरतिर बेंसी झर्ने र चैत, वैशाखको पहिलो सातातिर आफ्नो घर फर्किन्छन् । बीचबाटोमा आउँदा जाँदामात्रै करिब डेढ देखि दुई महिना बित्छ । जुनबेला केही महिला सुत्केरी बन्छन् ।
यो क्षेत्रका अधिकांश महिलाले नियमित सुत्केरी जाँच, खोप र आइरन चक्की प्रयोग गर्दैनन् । त्यसमा झन् बसाइँ सरिरहने र तुलनात्मकरूपमा पछि परेका भोटे जाती यसबारे अनभिज्ञ नै छन् ।
बसाइँ सर्ने क्रममा उनीहरू चिसो पालमा दिनरात कटाउँछन् । यसले सुत्केरी, बालबालिका लगायतको स्वास्थ्यमा गम्भीर समस्या ल्याउँछ भन्नेबारेमा पनि उनीहरूलाई जानकारी छैन ।
केहीलाई सुत्केरी हुँदा आराम गर्नुपर्छ, पोषिलो खानेकुरा खानुपर्छ, भारी बोक्नु हुँदैन, भन्ने थाहा भए पनि उनीहरूले यसबाट छुटकारा पाउँदैनन् । हिमाली गाउँपालिकाकी रमिता भन्छिन्, ‘आउँदा जाँदा खानेकुरादेखि लत्ताकपडा हुन्छ बोक्नैपर्यो, नहिंडेसम्म पुगिदैन, हिंड्नैपर्यो । राम्रो खानुपर्छ, तातो हुनुपर्छ भन्ने थाहा त छ ।’
भोटे जनजाति महासंघका निवर्तमान अध्यक्ष बुद्धि बोगटी भोटेले सुदूरपश्चिम र कर्णालीका बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्लाका केही समुदायको मौसमी बसाइँ नियमित कर्म भएको बताउँछन् । उनी भन्छन्, ‘एकठाउँमा बसिरहँदा उहाँहरूको जीवन नै निर्वाह हुँदैन ।’
बाजुराको हिमाली गाउँपालिका, बूढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका र हुम्लाका केही स्थानीय तहबाट अछाम र डोटीका विभिन्न ठाउँमा हिउँदको समयमा बसाइँ सर्ने गर्छन् ।
भोटे जनजाति महासंघका अनुसार बाजुरामा मात्र दुई सयभन्दा बढी परिवार बसाइँ सर्ने गर्छन् । त्यसमा अधिकांश भोटे जातिका हुन्छन् । हुम्लासहित गरेर पाँच सय परिवार बसाइँ सर्ने गरेको जनजाति महासंघका पूर्वअध्यक्ष नृप भोटेले जानकारी गराए । यसरी हरेक पटकको बसाइँसराइमा बीच बाटोमै १० भन्दा बढी बच्चा जन्मिने गरेको उनले बताए ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा