काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार यस वर्षको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।
उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको छ । कार्यालयले वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक मार्फत उक्त तथ्यांक ल्याएको हो ।
अर्थतन्त्रमा देखिएको शिथिलताले गत आवमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएकोमा चालु आवमा केही सुधार भएपनि लक्ष्यभन्दा धेरै न्यून हो ।
आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको कार्यालयको अनुमान छ ।
कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप