काठमाडौं । उपचुनाव इलाम २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
जितपछि आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै उनले भनेका छन्, ‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’
आफुले इलामको समृद्धिको नयाँ अध्यायका लागि विश्वास जित्ने मौका दिन गरेको आग्रहलाई साथ दिएको भन्दै अब समृद्धिको नयाँ अध्याय सुरू भएको बताएका छन् । इलामेलीको सेवाको लागि आफ्नो हात समाएर पठाएको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति आभार व्यक्त गरेका छन् ।
‘मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु’, सुहाङले भनेका छन् ।
साथै चुनावमा अहोरात्र खटिने नेता-कार्यकर्ता, शुभेच्छुक, समर्थक र आम मतदातामा उनले आभार र धन्याद दिएका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै