झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।
मृतकहरुको सनाखत हुन बाँकी छ ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा