काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो ।
स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको विशेष समारोह आयोजना गरिएको हो ।
आज आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ । तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री र पार्टी प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ ।
प्रतिनिधि परिषद् बैठकको दोस्रो दिन अस्वस्थताको कारण उपस्थित हुन नसकेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आज हीरक महोत्सवमा सहभागी हुने बताइएको छ ।
कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललाई पनि आमन्त्रण गरिएको छ । त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिने तय भएको छ ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो