काठमाडौ- नेपाली कांग्रेसका युवा नेता भूपेन्द्र शाही एक महिनादेखि पार्टी सुदृढीकरणकाे अभियानमा व्यस्त रहेका छन् । शाहीले कर्णाली प्रदेशका दशवटै जिल्लामा पुगेर अभियानलाई तिब्र बनाएका हुन ।
स्थानीय जनताका पीर मर्का बुझ्न र काग्रेस पार्टीलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ उनी कर्णाली प्रदेशका प्रत्येक जिल्लाका स्थानीय नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त बनेका हुन् ।

‘पार्टीलाई राम्रो बनाउने हामी सबैको दायित्व हो, यसलाई आत्मसात् गर्दै कांग्रेस संगठन सुदृढ यात्रामा व्यस्त छु शाहीले भने ।’ कांग्रेसको गौरवपूर्ण इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान र वर्तमान पुस्ताको ऊर्जालाइ अभिवृद्धि गर्नु अभियानको उद्देश्य रहेको शाहीले बताए। यात्राका क्रममा अग्रज पुस्तादेखि युवा पुस्तासम्मको भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउने प्रयास गरिने उनले बताए।

युवा नेता शाही नेपाली कांग्रेसको १४ ओैँ महाधिवेशनमा कर्णाली प्रदेशबाट प्रदेश सभापतिको प्रतिद्वन्दी समेत बनेका थिए । शाहीले आफु कर्णाली प्रदेशबाटै प्रतिनिधित्व गर्ने भएको बताउँदै केन्द्रभन्दा पनि स्थानीय पार्टीपक्तीलाई बलियो बनाउनु पर्नेमा जोड दिए । स्थानीय नेता कार्यकर्ताले समेत शाहीको उक्त कदमको मुक्त प्रशंसा गरेका छन ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै