काठमाडौं-नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा यति बेला देशका विभिन्न जिल्लामा निशुल्क स्वास्थ्य शिविर सचालन गर्दै हिँडिरहेका छन् । सांसद शर्माको काठमाडौँमा रहेको मेडिकल कलेज पब्लिक लिमिटेड .केएमसी) को स्वास्थ्य टोलीले लिएर स्याङ्जाको पुतलीबजारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् ।
पुतलीबजार नगरपालिकाको आयोजना र केएमसीको स्वस्थ्य टोलीको सहकार्यमा त्रिभुवन आदर्श माध्यमिक विद्यालय पुतलीबजारको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा १६ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये ११६ जनाको ईसीजी, २३० जनाको ल्याब परीक्षण र २४० जनाको भिडियो एक्सरे गरिएको थियो ।
त्यस्तै ९५ जनाको ईको, ७५ जनाको दाँत खोलिएको थियो भने ८५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले सभापतित्वको भूमिका निर्वाह गरेको कार्यक्रममा कांग्रेस सांसद डा.शर्मा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, खोटाङका पूर्व कांग्रेस सभापति सुभास पोखरेल, तरुण दल केन्द्रीय सदस्य राजीव लामिछाने, वडाध्यक्षहरुलगायत सहभागी भएका थिए ।
कार्यक्रममा नगरपालिकाकी उपमेयर देवी अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै डा शर्मा, प्रजिअ नेपाल, पोखरेल र केएमसीका प्रबन्धक दाहालले मन्तव्य राखेका थिए ।
डा.शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । सांसद शर्माले दुर्गम जिल्ला र अतिविपन्न,गरिब असाय र अशक्तहरुलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर गरि जनताको सेवा गरिरहेको बताए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै