काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको सरकार गठन र बिघटन भएको बताउँदै संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने ठोकुवा गरे ।
संविधान संशोधन मार्फत सुशासन, बिकास र समृद्धिको बाटोमा हिडाउँन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाले औंल्याए । ूकति सधैं सरकार गठन र बिघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ?बिकास कहिले गर्ने ? कोइरालाले प्रश्न गरे ।
ूसंविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरु पटक-पटक सत्तामा पुगेपनि संबिधान बनाउन सकेनन् र जब दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो । परिबर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्न पर्यो कोइरालाले भने,त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।
कोइरालाले राजनीतिक स्थिरता, सुशासन र बिकास आफ्नो मुल एजेन्डा भएको र त्यसमा आफू पुर्णरुपले प्रतिबद्ध रहेको पनि बताए । हाम्रै नेताहरुले त्यो पनि कांग्रेसले नै देश बनाउन सक्छ भन्ने सन्देश गाउँघरका कुनासम्म पुर्याईदिन कोइरालाले शिक्षकहरुसँग आग्रह समेत गरे ।
लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै कोइरालाले शान्तिका दुत गौतम बुद्धको पवित्र भुमि लुम्बिनीबाट आजैदेखि सबैले सत्यको बाटोमा हिंड्ने प्रण गर्दै देश बनाउने अभियानमा लागौं भन्ने अठोट गर्न सबैलाई आग्रह गरे । कोइरालाले सत्यको बाटो अप्ठ्यारो हुने तर जित सत्यकै हुने बताए ।
कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाव बिर्सेर संगठनमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न देशभरका कार्यकर्तालाई आग्रह समेत गरे ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै