काठमाडौं । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदै छ । अन्तिम नामावली प्रकाशित भएपछि आजै उनीहरुलाई चुनाव चिह्न वितरण गरिने छ ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि चैत २५ गते उम्मेदवारी दर्ता भएको थियो ।
२६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझको दिन तोकिएको थियो । तर कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैले इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवारको नामावली प्रकाशन भइसकेको छ ।
अब ती उम्मेदवारहरुमध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज चैत २७ गते फिर्ता लिन सक्ने छन् । उम्मेदवारी फिर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनको मतदान भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप