काठमाडौं । वाइडबडी खरिद प्रकरणमा भएको भष्ट्रचारमा प्रतिवादी बनाइएका ३२ जनामध्ये २ जना क्याप्टेन रहेका छन् । तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रहेका सुबास रिजाल र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचनविरुद्ध भष्ट्रचार मुद्दा दायर भएको छ ।
यस प्रकरणमा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक तथा सन्चालक समिति सदस्य सुगतरत्न कंसकार, तत्कालीन पर्यटन सचिव तथा सन्चालक समिति सदस्य शंकरप्रसाद अधिकारी, भन्सार विभागका तत्कालिन महानिर्देशक तथा सञ्चालक समिति सदस्य शिशिर ढुंगाना, मन्त्रालयका तत्कालीन सहसचिव तथा सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पान्डे पनि प्रतिवादी बनेका छन् ।
विदेशीतर्फ विमान आपूर्तिकर्ता तथा प्रस्तावदाता कम्पनीमध्ये इन्टरनेसनल सप्लाई चेन, एएआर कर्प इन्क यूएसएका प्रेसिडेन्ट बेलायती नागरिक दीपक शर्मा, हिफ्ली एक्स आयरल्यान्ड लिमिटेडका डाइरेक्टर तथा जर्मन एभियसन क्यापिटल जर्मनी/सिंगापुरका प्रतिनिधि जर्मन नागरिक क्रिस्टियन नुएलेन र जर्मन एभियसन क्यापिटल जर्मनीका फाइनान्स डाइरेक्टर ओलेग कालिस्त्रुलाई पनि प्रतिवादी बनाइएको छ।
यस्तै एएआर इन्टरनेसनल इन्क यूएसए र उक्त कम्पनीका प्रेसिडेन्ट तथा सीईओ जोन एम होल्म्स, जर्मन एभियसन क्यापिटल जिएमबीएम जर्मनी र त्यसका म्यानेजिङ डाइरेक्टर अना तोपा, हाईफ्लाई ट्रान्सपोर्ट एरियस एसए पोर्चुगल र त्यसका प्रेसिडेन्ट पाओलो मिरपुरी, हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेड आयरल्यान्ड र त्यसका डाइरेक्टर जेराल्ड थर्नटर्न तथा नर्टन रोज फुलब्राइट एलएलपी जर्मनी र त्यस कम्पनीका मार्कस राडब्रुच र राल्फ स्प्रिंगरलाई प्रतिवादी बनाइएको छ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्याइयो, आजै काठमाडौं ल्याइने
रविलाई अदालतमा उपस्थित गराइँदै
राष्ट्रिय सभाबाट ५ वटा विधेयक बहुमतले पारित
पत्रकार मृत्यु र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन