संसदीय समिति गठन नगरेसम्म नछोड्ने अडानमा कांग्रेस



काठमाडौं :  नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म नछोड्ने अडान लिएको छ। निरन्तर संसदिय समिति गठनको माग गर्दै आएको कांग्रेसले अडानलाई निरन्तरता दिइरहेको छ। तर सरकारले नै समिति गठन गर्न नचाहेको आरोप समेत लगाउदै आएको छ। सरकाले भने कांग्रेसको मागलाई व्यवास्ता गर्दै आएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नाम सहकारी संस्थाको रकम अपचलनमा नाम मुछिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग दोहोर्‍याएको छ ।

रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले भने, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस् । सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन ।’विगतमा सहकारीको पैसा अपचलनमा लामिछानेको नाम जोडिएर सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुखले संसदीय समितिको बैठकमा छानबिन भइरहेको बताएको तर अहिले छानबिन प्रक्रिया अवरुद्ध भएको सांसद यादवले बताए ।

छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उनले बताए । उनले भने, ‘अनुसन्धान अलपत्र पर्यो । सरकारबाटै अनुसन्धान प्रभावित भएकाले विश्वासको संकट उत्पन्न भएको छ ।’छानबिन समितिबाट यसलाई टुंग्याउने विषयमा सहयोग गर्न पनि कांग्रेसले लामिछानेलाई आग्रह गरेको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.