बाँकेमा श्रीमान श्रीमती बीच विवाद हुँदा चक्कु हानाहान, दुबै घाइते



 मिन बहादुर खड्का काठमाडौँ : बाँकेमा श्रिमान श्रीमती बीच उत्पन्न बिवादमा चक्कु हानहान भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख नारायण डाँगीले दिएको जानकारी अनुसार बाँकेको खजुरा गाँउपालिका वडा न. ३   महेन्द्र रावल र श्रीमती रितासिंह ठकुरी बिच झगडा हुँदा चक्कु हानाहान भएको हो ।

ढोका बन्द गरेर भित्रबाट चुक्कुल लगाई एक अर्कालाई धारिलो हतियार प्रयोग गरी दुबै घाइते भएको प्रहरी प्रमुख डाँगीले बताएका छन् । श्रीमान श्रीमती बिच उत्पन्न विवादले उग्र रुप लिएपछि ढोका बन्द गरेर उनिहरुले एक अर्कालाई चक्कु प्रहार गरेका हुन्।

आफ्नै घर भित्रकै कोठा भित्र उनिहरुले चुक्कुल लगाएर दोहोरो झडप भएको प्रहरीको भनाई छ। प्रहरीले ढोका फोडेर भित्र गएर हेर्दा घाइते अवस्थामा दुबै भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मासु काट्ने चक्कुले उनिहरुले एक अर्कालाई प्रहार गरेको पनि बुझिएको छ ।

उक्त धारिलो हतियार समेत प्रहरीले बरामद गरिसकेको छ। एकले अर्कालाई चक्कु प्रहार गर्दा उनिहरु दुबै घाइते भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनिहरुलाई उपचारका लागि नेपालगञ्ज अस्पताल पठाइएको पनि प्रहरी प्रमुख नारायण डाँगीले बताएका छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको बताउदै उनले के कति कारणले उनिहरु बीच विवाद भएको हो भन्ने कुरा भने अहिले नै नखुलेको बताएका छन् । श्रीमतीको घाँटिमा चक्कु प्रहार भएको र श्रीमानको शरिरका बिभिन्न भागमा चोट लागेको बताइएको छ। घटना बारे थप विवरण आउन बाँकी छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.