बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वास मतका लागि प्रस्ताव पेस गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।

१४ महिनामा आफ्नो नेतृत्वको सरकारले नीतिगत काम धेरै गरेको भन्दै उनले भने, ‘अहिले पनि प्रदेश र प्रदेश सरकारलाई स्थायित्व दिने र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकतावद्ध भएर अगाडि बढौं ।’

११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत देखिन्छ, एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) मिल्दा ५५ सांसद हुन्छ । बहुमतका लागि एक सांसद नपुगेपछि सत्ता गठबन्धनले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएको छ ।

तर आइतबार एकीकृत समाजवादीले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने शर्त राख्यो । नभए विश्वासको मत नदिने बताएपछि शीर्ष नेताहरुले त्यसमा पनि सहमति गरेका छन् ।

माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदैछन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही 9848222440
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.