काठमाडौं : नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको बताएकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए ।सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसकी सांसद प्रतीमा गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताइन् । यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।
‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं(सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान,’ सांसद गौतमले भनिन् ।जे जस्तो भएता पनि आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने उनको भनाइ छ । सांसद गौतम थप्छिन्, ‘उहाँहरु आई एम द स्टेट भन्नेमा हुनुहुन्छ । सहकारी ठगहरुको पक्षमा सरकार देखियो । आरोपित गृहमन्त्रीज्यु उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ ।’
तर, सत्तापक्ष संसदीय छानबिनका लागि तयार नहुँदा समस्या भएको उनले बताइन् । ‘संसदीय छानबिन समितिसँग डराउनुपर्ने छैन । जहाँ सत्तापक्ष पनि त हुनुहुन्छ । यसमा डराउनु भनेको त्यहाँभित्र केही छ भन्ने बुझ्नपर्छ’ उनले भनिन्, ‘होइन भने यसलाई सहजतापूर्वक स्वीकार गरौं । छानबिनपछि आरोप हो वा होइन भन्ने पुष्टि हुन्छ । त्यसकारण यसमा डराउनुपर्दैन ।’



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा