काठमाडौं : नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको बताएकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए ।सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसकी सांसद प्रतीमा गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताइन् । यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।
‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं(सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान,’ सांसद गौतमले भनिन् ।जे जस्तो भएता पनि आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने उनको भनाइ छ । सांसद गौतम थप्छिन्, ‘उहाँहरु आई एम द स्टेट भन्नेमा हुनुहुन्छ । सहकारी ठगहरुको पक्षमा सरकार देखियो । आरोपित गृहमन्त्रीज्यु उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ ।’
तर, सत्तापक्ष संसदीय छानबिनका लागि तयार नहुँदा समस्या भएको उनले बताइन् । ‘संसदीय छानबिन समितिसँग डराउनुपर्ने छैन । जहाँ सत्तापक्ष पनि त हुनुहुन्छ । यसमा डराउनु भनेको त्यहाँभित्र केही छ भन्ने बुझ्नपर्छ’ उनले भनिन्, ‘होइन भने यसलाई सहजतापूर्वक स्वीकार गरौं । छानबिनपछि आरोप हो वा होइन भन्ने पुष्टि हुन्छ । त्यसकारण यसमा डराउनुपर्दैन ।’



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य