काठमाडौँ : नेपाली कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले सरकारबाट संसदीय समिति गठन गर्ने कुनै प्रयास र सहमति नभएको जिकिर गरेका छन् । सरकारले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको उनको भनाई छ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले संसदमा विषयवस्तु राख्न दिएको कुरालाई पछि हटेको भन्ने नसोच्न पनि भनेका छन् ।
सांसद पाण्डेले कांग्रेसको उक्त माग सरकारले नसुनेको खण्डमा कठोर ढंगले प्रस्तुत हुने चेतावनी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीलाई क्लिन चिट दिनुले पनि झनै शङ्का उब्जिएको बताए ।
उनले भने,‘संसदीय समिति गठन गर्नुको विकल्प छैन । किनभने प्रधानमन्त्रीले पनि क्लिन चिट दिनुभएको छ, प्रहरी प्रमुखले पनि समितिमा पुगेर क्लिन चिट दिनुभएको छ, यसको मतलब सरकार र सरकारका निकायबाट अनुसन्धान हुन सक्दैन, हुँदैन भन्ने पुष्टि भएको छ । अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प रहेन । यो पछिल्लो घटनाक्रमले झनै संसदीय समिति गठन गर्नुपर्ने र संसदीय छानबिन समितिबाटै छानबिन हुनुपर्ने औचित्य बढेको महसुस भएको छ ।’
सांसद पाण्डेले अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प नरहेको जिकिर गरे ।
सम्वन्धित समाचार
हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौं–उपसभामुख राना
मन्त्रीद्वय लेखक र दाहालले गरे निर्माधीन चारलेनको पक्की पुलको निरिक्षण
खप्तड र रारामा पर्यटक प्रहरी इकाइ स्थापना गरिँदै
सिंहदरबारमा सत्तापक्ष र विपक्षीका प्रमुख सचेतकहरुबीच संसद सुचारु गर्नेबारे छलफल
मजदुरले गरे मजदूरकै हत्या
बझाङमा अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी महिला र बच्चाको मृत्यु