काठमाडौँ : त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा भारतको राज्यस्तरीय टोली गुजरातलाई आठ विकेटले हराएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८।२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५।२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाए । अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन जोडे । गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक(एक विकेट लिए ।
त्यसअघि गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए ।
नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । उनले ३।२ ओभरमा २२ रन खर्चिए । सोमपाल कामीले पनि एक विकेट लिए । गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए ।
छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन थपे । अभिषेक देसाईले ११ रन बनाए । समित पटेलले १० रन बटुले । गुजरातले अतिरिक्त रुपमा केवल दुई रन पायो । नेपालले दोस्रो खेल अप्रिल २ तारिखमा बरोडासँग खेल्नेछ ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा