पोखरा : पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो ।
हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए । उनकाअनुसार केहीको अवस्था गम्भीर छ ।
‘उद्धार भइरहेको छ । सबैलाई अस्पताल पठाइएको छ,’ उनले भने, ‘केहीको अवस्था गम्भीर भन्ने सुनिएको छ । तर अस्पताल आएपछि मात्रै थाहा हुन्छ ।’



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै