काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठक बिहान ९ बजेबाट सुरु भएकाे हाे । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।
संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेट वार्ता गरेका थिए ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।



सम्वन्धित समाचार
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता