सोलुखुम्बु । रीड नेपालको आयोजना तथा सोलु दुधकुण्ड नगरपालिकाको समन्वयमा ३ दिने बाल अधिकार संरक्षण, बाल सुरक्षा, लैङिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
सल्लेरीको जन जागृति मा.वि. मा सन्चालन भएको तालिमको समापन नगर उप प्रमुख गान्धीमाया तामाङले गर्नु भएको हो । कार्यक्रममा बोल्दै उप-प्रमुख तामाङले शिक्षकको क्षमता अभिवृद्धि सङ्गै बालबालिकालाई समेत प्रत्यक्षरूपमा क्षमता विकासका लागि तालिम प्रदान गरेकोमा रीड नेपाललाई धन्यवाद दिइन् ।
उंहाले आजका बालबालिका भविष्यका कर्णधार भएकाले अहिले देखि नै बालबालिकाको व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने बताउनुका साथै सिकेका सिपलाई व्यवहारमा लागु गर्न आग्रह समेत गर्नु भयो । कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख रीता ढुंगानाको समेत उपस्थिति रहेको थियो कार्यक्रममा नगर भित्रका १० वटा विद्यालयका ३० जना बाल क्लबका पदाधिकारीहरु र १० जना बाल संरक्षक तथा लैङिक अधिकारी शिक्षकहरुको उपस्थिति रहेको तालिम प्रशिक्षक सुजता राई ले जानकारी दिनु भयो ।

तालिममा बाल अधिकार ,बाल संरक्षण , बाल सुरक्षा बाल सहभागिता समावेशी शिक्षा लैङ्गक मैत्री तथा बाल मैत्री विद्यालय ,बाल क्लबको वार्षिक कार्ययोजना निर्माण, बाल संरक्षण निती लगाएतका विषयवस्तु तालिममा समावेश गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए । कार्यक्रममा सहभागीको तर्फबाट सिहकाली मा.वि.का छात्र गौरव ढकाल, बालेश्वर मा.वि. की छात्रा करुणा खड्का जनसुधार आ.वि. की शिक्षक पवित्रा तामाङले आफ्नो विचार प्रस्तुत गर्दै तालिम प्रभावकारी भएको भन्दै व्यबहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोहि प्रकृतिको तालिम हिजोबाट शिशाखोला आ.वि. मा समेत चलिरहेको छ । उक्त तालिमा २५ विद्यार्थी र ८ शिक्षकले भाग लिइ रहेका छन्, यो भन्दा अगाडि अन्य पालिकामा २६१ जना विद्यार्थीलाई तालिम प्रदान गरिसकेको रीड नेपालले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै