बुवाको दाहसंस्कार गरेर घर फर्किदै थिए छोरा दिवश सहित ६ जना, त्रिशुलिमै अस्ताए पाँच जना



काटमाडौँ : छोराको शंकरको अन्तिम दाहसंस्कार गरेर घर फर्कैदै थिइन् परिवारका ६ सदस्य सहित मृतक शंकरकीआमा जुनमाया रोकाया । ज्वाईले ट्याक्सी चलाइरहेका थिए । ज्वाईले चलाएको ट्याक्सीमा सासु सहित ६ जना सवार थिए । हिजो मात्रै बुवालाई दागबत्ती दिएर फर्किएका १८ वर्षीय किशोर दिवश रोकाया अहिले पनि बेपत्ता छन् ।

चालक जुवाई सहित परिवारका पाँच सदस्य त्रीसुलीमा खसेका छन् । पाँच जनाको सब भेटिसकेको छ भने एक जना बेपत्ता छन् । जो हिजो मात्रै अन्तिम दाहसंस्कार गरिएका शंकरका छोरा हुन् । आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार ६ जना आफ्ना परिवारका सदस्यको दाहसंस्कार गरी फर्किँदै गरेको खुलेको छ । क्यान्सर रोगले मृत्यु भएका शंकर रोकाको दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेको ट्याक्सी त्रिशुलीमा खसेको हो ।

गोरखा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले  दिएका जानकारी अनुसार हिजो शुक्रबार काठमाडौँ पशुपतिमा शंकरको दाहसंस्कार गरिएको थियो । उनको परिवारका ६ जना आज त्रिशुलीमा खसेको अध्यक्ष श्रेष्ठले बताएका छन् । वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सीमा शंकरकी आमा जुनमाया रोका, जुनमायाकी जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका थिए । त्यसैगरी हरिमायाको छोरा आगमन र हिजो दाहसंस्कार गरेका शंकरका छोरा विवश पनि थिए ।

काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् ।प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ ।

अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए ।

खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो । हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् ।

ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् ।मृतकमध्ये जुनमायाको परिवार गोरखा नगरपालिकाको वडा नम्बर ४ मा बस्छन् । जुनमायाको श्रीमान पहिल्यै बितिसकेका छन् । हरिमायाको घर गोरखाकै ७ नम्बर वडा हो भने कान्छी छोरी अञ्जनाको घर गोरखाकै वडा नम्बर १४ मा रहेको वडा नम्बर ४ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.