काठमाडौं : नेपालमा जन्मथलो भई हाल बेल्जियममा कर्मथलाे बनाउदै आएकि समाजसेवी यसु थापले अछाम निबासी करण कामिकाे घर निर्णमाणका लागि एक लाख बढि आर्थिक सहयोग संकलन गरेकी छन् ।
सरल स्वभाव र कमलाे मन भएकि थापा कलाकार साहित्यकार समेत हुन् । उनी लामो समय देखि नेपाली साहित्य र संगीतमा क्रियासिल छिन् । उनी समाजसेवामा पनि त्यतिकै सक्रिय छन् । अरुको दु:खलाई आफ्नै दु:ख जस्तो ठान्ने उनी अहिले पनि कलाकारिता साहित्य र समाजसेवामा आफुलाई समर्पित गर्दै आएकी छन् । उनका आधा दर्जन बढि गजल आधुनिक गित समेत बजारमा सार्वजनिक भैसकेका छन ।
कलाकारिता र साहित्य मार्फत राम्रो छवी बनाईसकेकी थापाले अहिले समाज सेवालाई पहिलो प्राथमिकतामा राखेकी छन् । आफु बेल्जियममा भए पनि नेपालमा दु:ख देख्दा आफ्नो पनि मन दुख्ने बताएकी छन् । थापाले बेल्जियममा बस्ने नेपालीहरुलाई सहयोगकाे अपिल गरेर यति ठुलो रमक संकलन गर्न सफल भएकी हुन् । उनले सहयोग गर्ने सबै सहयोगी दाताहरूलाई धन्यवाद समेत दिएकी छन् । कर्ण कामिकाे घरकाे आर्थिक अवस्था एकदमै नाजुक भएकोले उनलाई आर्थिक रकम संकलन गर्न उनी जुटेकी थिईन् घर निर्णमाणमा थाेरै भए पनि सहयोग पुगाेस भनि आफुले याे सहयोग जुटाएको थापाले बताएकी छन् ।
थापा अहिले मात्र न भएर विगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय छिन् । नेपालमा यस अघि भएका बिपत्तिका घटनाहरुमा पनि आवस्यक सहयोग गर्दै आएकी थिइन्। उनले बाढी पहिरो, आगलागी, भुकम्प, लगायतका बिपत्तिमा परेका पीडितताका लागि राहत संकलन गर्नुका साथै उनी आफैले पनि सहयोग गर्दै आएकी छन् ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने