बाजुरा : सुदूरपश्चिम प्रदेशको पहिलो महिला पाईलटका रुपमा बाजुराकी २१ वर्षिया अमिसा कार्की बन्ने भएकी छन् । बुढीनन्दा नगरपालिका ७ स्थायी घर भएकि अमिसा अहिले साउथ अफ्रिकामा पाईलट कोर्ष अध्ययन गरिरहेकी छन् ।
पाईलट कोर्ष अध्ययनका लागि अमिसा गएको मंसिर महिना देखि साउथ अफ्रिकामा ट्रेनिङ गरिरहेकी छन् । पाँच महिनादेखिको पाईलट कोर्षको ट्रेनिङ पश्चात उनले परिक्षणका रुपमा पहिलो उडान गर्न सफल भएकि छन् ।
अमिसा कार्की बाजुराको सदरमुकाम मार्तडीस्थित गैरीबजारमा रहेको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीकी जेठी छोरी हुन् । शैक्षिक क्षेत्रमा क्रियाशिल रहेका कार्कीले छोरीको पाईलट बन्न सपना पुरा हुन् लागेकोमा खुसी व्यक्त गरेका छन् ।
छोरीलाई राम्रो लगानी गरेर डाक्टर बनाउने ईच्छ्या थियो, तर छोरीले पाईटल बन्छु भनेपछि छोरीको पाईलट बन्ने इच्छ्या पुरा गर्न लागेको बुवा मिनबहादुर कार्कीले बताएका छन् । उनले भने छोरीको पाईलट कोर्ष पुरा गर्न १८ महिना लाग्ने भएको छ ।
अमिसाको १८ महिने पाईलट कोर्ष पुरा गर्नका लागि मात्रै करिव ८० लाख बढी लगानी लाग्ने भएको छ । साउथ अफ्रिकाको १८ महिने पाईलट कोर्ष अध्ययनपछि अमिसा नेपाल आएर लाईसेन्स परिक्षापछि को(पाईलट बन्ने र त्यसपछि पाईलट बनेर नेपालमा उडान गर्ने उनका बुवा मिनबहादुर कार्कीले बताए ।
समाजमा छोरीलाई पढाउनु हुन्न् भन्ने आम बुझाईलाई चिर्नकै लागि भएपनि छोरीका लागि लगानी गरेको अमिसाका बुवा मिनबहादुर कार्कीले बताए । उनी भन्छन् छोरीका लागि पनि छोरा सरह नै लगानी लगाउनु पर्छ,।
अमिसा क्रियटर जोन एकेडेमीबाट एसइई परिक्षा दिने पहिलो व्याजकी परिक्षार्थी हुन् । उनले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर पास भएकी थिईन् । सानै देखि पढाईलाई नै पहिलो प्राथमिकता राखेर अगाडी बढेकी अमिसाको पाईलट बन्ने इच्छ्या पुरा हुन् लागेकोमा बाजुराबासी खुसी भएका छन् ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने