काठमाडौँ : प्रधानमन्त्री प्रचण्ड र संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको हो ।
यो छलफलको बिषयलाई बाहिर चाँसोको रुपमा हेरिएपनि संस.दको अबरोध हटाउने संगै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले
प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।
प्रतिनिधि सभा अन्तर्गत रहेको कानुन न्याय र मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छ । सरकारले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन विगतदेखि पहल गर्दै आइरहेको छ ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य