बाजुरा : जिल्ला समन्वय समिति बाजुराकोे छैटौं जिल्ला सभा सम्पन भएको छ । आर्थिक वर्ष ०८०–८१ को वार्षिक प्रगति समीक्षा सहित जिल्ला सभा सम्पन भएको हो । संघ,प्रदेश र स्थानियतह विच समन्वय तथा अन्तरक्रिया कार्यक्रमको आयोजना मार्फत छैटौं जिल्ला सभा सम्पन गरिएको जिसस बाजुराले जनाएको छ ।
बाजुरा जिल्लाका ९ वटै स्थानिय तहका प्रमुख एबम् उपप्रमख,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुले आ–आफ्नो कार्यालयको प्रगती विवरण जिल्ला सभामा राखेका थिए । जिल्ला समन्वय समिती बाजुराको प्रगती विवरण भने बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गर्ने निमित्त कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले बताएका छन् ।
बडीमालिका नगरपालिकाको सभाहलमा संचालन गरिएको छैटौ जिल्ला सभाको उद्घाटन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले गर्नुभएको थियो । “समृद्धीका लागी समन्वय र सहकार्य”भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन गरिएको हो ।
जिल्ला समन्वय समिती बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा संचालन भएको छैटौं जिल्ला सभाका प्रमुख अथिती संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी रहनु भएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अथिती नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभा सदस्य बर्दीप्रशाद पाण्डे रहेनु भएको थियो ।
त्यस्तै अथिती प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल,नेकपा एमाले बाजुराका अध्यक्ष भरत थापा, नेकपा एकिकृत समाजवादी बाजुराका अध्यक्ष पुरबहादुर रावत रहेका थिए । त्यस्तै कार्यक्रममा पालिकाका प्रमुख,उपप्रमुख,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिसस बाजुराका निमित्त कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले जले गरेका थिए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै