काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण के हो भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडूले गृहमन्त्री संग जवाप मागेका हुन् । संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको स्मरण पनि उनले गराएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हालै मात्र सभामुखलाई पत्र लेखेर बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा सांसद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।त्यसको भोलिपल्ट चौधरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेर बयान दिएका थिए ।
यहिँ प्रशंगमा आपत्ति जनाउदै सांसद बड गृहमनत्री माथि खनिएका हुन् । सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाइएको भन्दै उनले भने, ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि? आफ्नो ठाउँ लिइहाल भनेर हो कि?पूर्वाग्रह राखेको हो ?



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै