बाजुराः बाजुरामा अपाङ्गता पहिचान शिविरबाट १ सय ७७ जनाले लिए सेवा लिएका छन् । अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य शारीरिक पहिचान पुर्नस्थापना तथा घुम्ति शिविरमा १ सय ७७ जनाले सेवा लिएका हुन्।
जिल्ला अस्पताल बाजुरा र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य निर्देशनालय डोटी, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाको आयोजनामा सो शिविर सञ्चालन गरिएको थियो । सोमबाबाट सुरु भएको उक्तदुई दिने शिविर आज (मंगलबार) सम्पन्न भएको छ।
शिविरमा जिल्ला अस्पताल बाजुरामा ८७ जना र कोल्टीमा ९० जनाको परिक्षण तथा उपचार गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। शिविर बाट जन्मजात रुपमा रोग लुकाउदै आएका तथा आर्थिक बिपन्न बिरामीको चेकजाँच भएको थियो । यो शिबिर बाट बाजुराका लागि ठुलो उपलब्धि भएको बुढिनन्नदा नगरपालिका मेयर जनक कुमार बोहोराले बताए । बर्षौ देखी रोग पाल्दै आएका ५१ जनाले उपचार पाउदा ठुलो सहयोग भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले बताएका छन् ।
शिविरमा उपचार गर्न नसकिएका ५१ जनालाई बनेपामा लगेर उपचार गरिने पनि जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनीहरुलाई चैत्र बैशाख भित्रै बनेपा काठमाडौंमा लिएर उपचार गरिने आयोजकले जनाएको छ। ५१ जनाको उपचार अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाले निशुल्क रुपमा गर्ने पनि भनिउको छ।
पहिचान शिविरमा जन्मजात वा पछि पैतला भित्र बाहिर फर्केको, क्लब फुट, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाचिएको बाँगो भएको वा हड्डी नजोडिएको शारिरिक अपाङ्गगहरुको विशेषज्ञ चिकित्सकद्धारा पहिचान गरेको छ । त्यस्तै ढाड बाङ्गो वा कुप्रो भएको, औलाहरु एक आपसमा टाँसिएको र बढी भएको र कृतिम अंग र अर्थो पिडिहरुको आवश्यकता जस्ता समस्याहरुको शिविरमा पहिचान गरिएको डाक्टर सौगात केशीले बताए ।
शिविरमा बिरामीको पहिचान पछि अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा थप उचार गर्ने केन्द्रका पुर्ण बहादुर बिकले बताए । सामान्य बिरामीलाइ यतै उपचार गरेको जटिल खाले बिरामी भने बनेपा लिएर उपचार गर्ने विकले बताएका छन् ।



सम्वन्धित समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै