काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार ९१५ चैत० बाट सुरु गर्न लागिएको हो ।
१३ माघबाट इलामबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।
बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए ।१५ चैतबाट हुने अभियान रोकिएकै स्थानबाट सुरु हुने महामन्त्री थापा निकट नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए । नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने उनले जानकारी दिए । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।
पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन ।खुला र समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाहको अवस्था, अवलोकन भ्रमण लगायत माध्यमबाट नागरिकसँग संवाद गर्ने गरी पार्टीले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको थियो ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित