काठमाडौं : बरिष्ठ चिकित्सक तथा नागरिक अगुवा डा सुन्दरमणी दिक्षितले सभापति रवी लामिछानेको गलत छविका कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै धरासायी हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत निर्वाचनमा आफूले रास्वपालाई नै मतदान गरेको बताउदै उहाँले रवीले आफुलाई शंकाको घेराबाट मुक्त नगरी चुनौती मात्रै दिनु गलत भएको तर्क गरेका छन् ।
पत्रकार संग कुरनकानी गर्दै उनले भने “ग्यालेक्सी टिभीमा आफ्नो १५ प्रतिशत सेयर छ भन्ने व्यक्तिले त्यहाँको हिसाव किताव मलाई थाहा छैन, मैले छोडीसकेँ भनेर उम्कीन मिल्दैन ।”
आफू मन्त्री भएको एक हप्तामा जिवी राईलाई पक्राउ गर्छु भन्ने उपप्रधान तथा गृहमन्त्री लामिछानेले अहिले सत्तामा गएपछि भने वोली फेरेर पक्राउ नगरेको उहाँको आरोप छ । जीवी राईलाई पक्राउ गर्न सत्ता पक्षका कसैले पनि नचाहेको डा। दिक्षितको दावी छ ।
“जिवि राईले बयानमा रविले पैसा खाएको भन्दीए भने सरकार नै ढल्ने भएकाले गठवन्धनका सकैले पनि उनलाई पक्राउ गर्न चाहेको छैन,” उनले थपे, जिवि राईले आफूलाई पैसा खाएको आरोप लगाउने संभावना भएकाले पनि रविले जिवीलाई पक्राउ गर्न नखोजेको उनको आशंका छ ।
आफू निर्दोष भएको भए संसदीय छानविन समिति गठन गर्न जोडदार माग गर्न पनि उहाँले गृहमन्त्री लामिछानेलाई सुझाव दिएका छन् ।
लामिछानेका बारेमा काँग्रेस महामन्त्री गगन थापाले संसदमा उठाएको विषय एकदमै स्वभाविक भएको तर्क गर्दै उहाँले यो महामन्त्री थापाको व्यक्तिगत चासो भन्दा पनि पिडितहरुको चासोको विषय भएको उल्लेख गरेका छन् । यसलाई महामन्त्री थापाले उठाएको भन्दा पनि काँग्रेसले उठाएको रुपमा बुझ्नु पर्ने बताएका छन् ।
डा दिक्षितले माओवादी उपाध्यक्ष महरालाई पक्राउ गरेर विरामीको वाहनामा छोड्नु लामिछानेको अर्को महाभूल भएको टिप्पणी समेत उनले गरेका छन् ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा